एकै ठाउँमा छ पटक भत्कियो ः हप्ता देखि सदरमुकाममा यातायात सेवा ठप्प

जाजरकोट –  जाजरकोट –डोल्पा सडक खण्डको सदरमुकाम खलंगामा एक हप्ता देखि सडक अबरुद्ध भएको छ ।
वर्षायाम सुरु भएसँगै वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडकले हप्ता दिन देखि भारी समस्या बनाएको छ । बर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र भएको छ ।

थाप्ले ,ठाँटी लगाएतका ठाउँको ढल भरी सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने मुख्य कारण बन्दै आएको छ । माथी ठुला , ठुला भवनहरु छन् तल सडक भत्कदैछ स्थानीयवासी रेशम खड्काले भने , “ हप्ता दिन वित्दा सम्मा किन सडक मर्मत तर्फ ध्यान दिइएको छैन , गाउँमा लिने खाद्यान्न लगाएतका अन्य सामग्रीहरु सडक नहुँदा लिँन सकिएको छैन । ”

पुर्वी जाजरकोट ,डोल्पा र रुकुम पश्चिममा यातायातका साधनहरु बैकल्पिक रुपमा चलाउनका लागि प्रमुख जिल्ला अधिकारी प्रेम देबकोटाको सहजिकरणमा नेकपा ( एकीकृत समाजबादी)का उपाध्यक्ष कमान खड्का र सडक विभाग चौरजहारीले सडक मर्मत पछि पासागाड – कालेगाउँ सडक सञ्चालन गरिएको छ ।

मथिल्लो बाटो भएर जाजरकोट डोल्पा , रुकुम पश्चिम , जाने स्थानीवासी मात्र नभइ सदरमुकामबाट सामग्री ढुवानीमा समेत गाह्रो हुँदै आएको छ । भौतिक पूर्वाधार विकास कार्यालय , सडक डिभिजनको सहयोगमा भेरी नगरपालिका सो सडक निर्माण गर्ने भनिएपनि अहिले सम्मा कुनै सुरु गरिएको छैन ।

सदरमुकाममै हप्ता दिन देखि सडक अवरुद्ध हुनु र निर्माण ढिलासुस्ती हुदा सर्वसाधारणहरु मर्कामा परेका छन् । यो सडक दिगो बनाउका लागि ढल विकास र नाला परिवर्तन गर्नुपर्ने स्थानीयवासी दीपबहादुर घर्तीले बताए । पछिल्लो समय खलंगा सदरमुकाम नै नहुने ठाउँमा बनाएको भन्दै चर्चा हुन थालेको छ ।

एकै ठाउँमा झण्डै ६ पटक सम्मा सडक भत्किनु नै अचम्म भएको सर्बसाधारणहरु बताउँछन् । अघिल्लो आर्थिक वर्ष मात्र झण्डै २५ लाख खर्च भएको थियो । अहिले सम्मा मर्मत भएका रकम जोड्दा करोड माथी नै पुगेको भेरी नगरपालिकाका प्राविधिकले बताएका छन् ।





error: Content is protected !!