स्वास्थ्य सेवा कार्यालयमा आइपुग्यो अक्सिजन पलान्ट

जाजरकोट – जाजरकोटबाट अक्सिजन भर्नकै लागि नेपालगन्ज जानुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य सेवा कार्यालय , जाजरकोटमा ७५ लाखको अक्सिजन पलान्ट खरिद भएपछि अक्सिजनको समस्य हल भएको हो ।

करिव ७५ लाख रुपैयाँमा पलान्ट खरिद गरी स्वास्थ्य सेवा कार्यालयमा जडान कार्य जारी भएसँगै अक्सिजनको समस्या हल हुने भएको हो । कोभिड तथा अन्य समस्यामा परेका बिरामीहरुको उपचार गर्दा अक्सिजन नहुँदा दैनिक नेपालगन्जबाट अक्सिजन भरेर ल्याइ काम हुँदै आएको अस्पलात विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो ।

अघिल्लो पटक भएको बोलपत्र आवह्वानमा ठेकेदारले ठेक्का लिएपनि पलान्ट खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतको पहलमा संघीय सरकारको बजेटबाट पलान्ट खरिद गरिएको छ । जाजरकोटको स्वास्थ्य सेवा कार्यालय प्रदेश मताहातमा रहेको छ ।

स्वास्थ्य सेवा कार्यालय ५० शश्याको रुपमा विकास सँगै नयाँ प्राविधि थप्ने क्रम जारी रहेको छ । शश्या थपसँगै नयाँ भवन निर्माण कार्य जारी रहेको छ । भवनमा समेत अर्को अक्सिजन पलान्ट राख्ने डिजाइनमै भएकाले जाजरकोटमा अब दुइ वटा पलान्ट हुने अध्यक्ष बस्नेतले बताउनुभयो ।

अहिले जडान भइरहेको पलान्टबाट प्रतिदिन ४० लिटरका ४५ सिलिण्डर भर्न सकिने कार्यालय प्रमुख टिकाराम जैसीले बताउनुभयो । यहाँ जडान गरिएको पलान्टले छिमेकी जिल्ला डोल्पा , रुकुम पश्चिमका केही भागलाइ समेत सहयोग पुग्ने छ ।





error: Content is protected !!