यसरी भित्र्याइन्छ उपल्लो डोल्पामा मुख्यबाली उवा

हेमन्त केसी
डोल्पा , १२ असोज ः उपल्लो डोल्पाको तीन वटा गाउँपालिकामा मुख्यबालीको रुपमा रहेको उवा भित्र्याउने चटारो परेको छ । वर्षमा एक मात्र बाली पाक्ने उपल्लो डोल्पाका सर्बसाधारणहरु वर्षे पानीको भरमा लगाएको बाली भित्र्याउन लागेका हुन् । पाटन तथा जंगलबाट जडीवुटी संकलन गरी घरमा विश्राम गर्ने समयमा यहाँको बाली पाक्ने गर्दछ । चिसो मौसम उच्च भाग भएकाले बाली बाग्न झण्डै ७ महिना भन्दा बढी लाग्छ । कात्तिक महिनाको अन्तिमबाट यहाँ हिमपात सुरु हुने भएकाले सो समय भन्दा अगाडी खाद्यान्नको जोहो गरिदै आइएको छ । प्रेमा दोर्जेको सहयोगमा ।





error: Content is protected !!