जाजरकोटका पालिकामा देउवा पक्ष बलियो

कोट –  नेपाली कांग्रेसको १४ औँ अधिवेशन कत्तै सहमती त कत्तै विबादका बीचमा सम्पन्न हुने क्रम्मा जाजरकोटका सात स्थानीय तहमा भएको चुनावमा सभापती शेरबहादुर देउवा पक्षका सभापतिको संख्या बढेको छ ।

गएराती एक पक्षले बहिस्कारकै बीचमा भएको चुनावमा कुशे गाउँपालिकाबाट देवता पक्षका अम्मरबहादुर शाही बिजयी भएका छन् । त्यहाँ पौडेल पक्षले बहिस्कार गरेको थियोे । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत देउवा पक्षका भएकै कारण अनेक शडयन्त्र गरेर जितेको र यो मान्य नहुने पौडेल पक्ष भुमबहादुर रोकायले बताए ।

त्यस्तै छेडागाड नगरपालिकाका देउवा पक्षकै टोपेन्द्र अधिकारी सभापतिमा निर्बाचित भएका छन् । शिवालयमा देउवाकै जसबीर ओली , जुनिचाँदेमा बीरेन्द्र शाही निर्बाचित भएका छन् ।

त्यसै गरी रामचन्द्र पौडेल पक्षका सभापतिमा नलगाड नगरपालिकाका जयबहादुर सिंह , बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योती निर्बाचित भएक  भएका छन् ।  पौडेल पक्षको भनिएपनि ज्योती देउवा पक्षको भएको नेपाली कांग्रेस पार्टी जिल्ला कार्यसमिति सदस्य तथा तरुण बिभाग केन्द्रीय सदस्य किरण सिंह देउवा पक्षको भएको बताए । पौडेल पक्षको भएको भनि प्रचार गरिए जस्तो ज्योती नभइ देउवा पक्षको भएको उहाँको दावी छ ।   भेरीमा निर्बाचित भएका शशि बुढा कुन पक्षका हुन खुलेका छैनन् ।




सम्बन्धित समाचार


error: Content is protected !!