कर्णालीमा कांग्रेस अधिवेशन ः डोल्पाको सदस्यता टुङ्गियो

डोल्पा ः कर्णाली प्रदेशको डोल्पामा हालसम्म वडा अधिवेशन नै हुन सकेको छैन । डोल्पामा क्रियाशील सदस्यताको विवादका कारण अधिवेशनमा ढिलाइ भएको हो । शनिवार साँझ मात्र सदस्यको नामावली टुंग्याइएको छ ।
डोल्पाको क्रियाशील सदस्य विवाद पनि मिलेको छ । केन्द्रले उक्त जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो । त्यहाँ पनि दसैँअघि नै पालिकास्तरको अधिवेशन हुने बताइएको छ ।










