काठमाडौ जाजरकोट सम्पर्क समन्वय समितिको अध्यक्षमा गौतम – कलाकार देखि डाक्टर गरियो सम्मान

काठमाडौँ ः ने क पा (माओबादी केन्द्र ) काठमाडौ जाजरकोट सम्पर्क समन्वय समितिको जिल्ला भेला सम्पन्न भएको छ ।
भेलाले सुदाम गौतमको अध्यक्षतामा २९ सदस्यीय गठन भएको छ । उपाध्यक्षहरु अमृत बहादुर बि सी,सन्जय थापा, रबिन ओली ,सचिव शिबराज हमाल ,कोषाध्यक्ष सामना शाह र सह सचिवहरु रेशम महतारा,तिलक पुन,सरस्वती खत्री, दिपक परियार सहित २९ सदस्यीय समिति गठन भएको हो । जाजरकोट घर भइ काठमाडौँ बसेर सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेल्ने डा अभिलासा शाह , डा भुपेन्द्र प्रकाश मल्ल ,कलाकारहरु सामाना शाह,सरस्वती खत्री पत्रकार लक्षमण रसाईली तथा अन्य सहिद तथा घाईते योद्दाहरुलाई सम्मान गगरिएको छ ।
नेकपा माओबादी केन्द्र भौतिक पुर्बाधार बिकास तथा यातायात ब्यबस्था केन्द्रीय बिभागमा पूर्वाधार बिज्ञ मनोनयन हुनु भए निरज शाहलाई बधाइ समेत दिइएको थियो । आर्थिक वर्ष २०७८ / ७९ बर्ष रिम्ना देखि तल्लु बगरसम्म १ अर्ब बजेट परेको,नलगाड हाईड्रो पावरको डिपिआर अन्तिम चरणमा पुगेको, ४ वटा कृषी जोनमा महत्वपुर्ण काम भई रहेको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

त्यस्तै बारेकोट जुम्ला सुरुङ मार्गको डिपिआर यसै बर्ष हुने , जाजरकोटका अस्पतालहरुको स्तर उन्नती भई रहेको समेत बताउनु भएको छ ।बि स २०१३ साल देखि २०६३ सालसम्म नभएको कामहरु बिगत १० बर्षमा भएको र अझै द्रुत गतिमा लैजाने योजनामा लागी परेको बताउनु भएको छ। सो सम्पन्न भेलामा नेकपा एमाले र नेपाली काङ्ग्रेस परित्याग गरी नलगाड न पा १ र २ का तिलक घेत्माल र मकर पुनले माओबादी केन्द्र प्रबेश गरेका थिए । कार्यक्रममा सांसद माया प्रसाद शर्मा,माओबादी केन्द्र कर्णाली प्रदेश समन्वय समिति अध्यक्ष तथा माओबादी केन्द्रका केन्द्रीय सदस्य पूर्वमन्त्री मन्त्री सत्य पहाडी सहभागिता रहेको थियो ।










