एक सय सत्तरी घरधुरीलाई निःशुल्क सोलार वितरण

डोल्पा ः ठुलिभेरी नगरपालिका – ९ डोल्पाका एक सय सत्तरी घरधुरीलाई निशुल्क सोलार वितरण गरिएको छ ।
कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत वडाका सम्पुर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतिपुर,डाँगीबाडा लगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो ।

नगरपालिकाको बीस लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरीषद्को कार्यालयको पचास लाख गरेर कुल सत्तरी लाख अनुदान सहयोगमा सम्मुर्ण वडाबासी लाभान्वित हुने गरि सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए ।

जनताको माग अनुसार प्रत्येक घरधुरीलाई दुईसय वाटको प्यानल र एकसय पचास एम्पियरको ब्याट्री निशुल्क रुपमा वितरण गरिएको भण्डारीको भनाई छ ।


“वर्तमान अवस्थामा सेवा दिइरहेको दुनै स्थित जैरीगार्ड जलविद्युतको घण्टौ लोडसेडिङ्ले जनताले हैरानी खेपेका थिए,उक्त समस्यालाई मध्येनजर राख्दै सोलार खरिद गरिएको हो,अब नागरिकहरु अन्धकारबाट मुक्त भएकाछन”भण्डारीले भने ।
प्रत्येक घरधुरीलाई खरिद र ढुवानी सहित उनान्चालीस हजार पाँचसय मुल्य बराबरको सोलार वितरण गरिएको भण्डारीले बताए ।

भरपर्दो बत्तीको सुविधा नहुँदा प्रायःअन्धकारमा बस्दै आएका आफूहरुले सोलार पाउँदा खुशी लागेको स्थानीय सुनकुकारी कठायतले बताइन् ।





error: Content is protected !!