कांग्रेस अधिबेशन ः चारपालिकामा सर्बसहमती ,तीन पालिकामा चुनाव

जाजरकोट – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ / नगर अधिवेशन प्रारम्भ भइरहेको छ ।
कांग्रेसले निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा अहिले गाउँ / नगर अधिवेशन सुरु भएको छ । ६५ पदका लागि भएको अधिवेशनमा आज जाजरकोटकामा चार पालिकामा सर्बसहमती नेतृत्व चयान भएको छ भने तीन पालिकामा चुनाव जारी रहेको छ ।
नलगाड नगरपालिकाको सभापतीमा जयबहादुर सिंह , बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योती , शिवालय गाउँपालिकामा जसबीर ओली ,छेडगाड नगरपालिकामा टोपेन्द्र अधिकारी निर्बाचित हुनुभएको छ । भेरी नगरपालिकामामा सभापतीका लागि शशी बुढा र ज्ञानीप्रसाद शर्मा , कुशेमा टेकबहादुर हमाल र अम्मर शाही , जुनिचाँदेमा नरेन्द्र शाही र बीरेन्द्र शाही बीचमा चुनाव जारी रहेको छ ।










