एमालेबाट फुटेको नभइ विद्रोह भएको हो ः नेतृ झाँक्री

जाजरकोट , विद्रोह नै क्रान्ति हो , हामीले एमालेबाट विद्रोह गरेको हो तर फुटाएको होइन प्रतिनिधिसभा सदस्य रामकुमार झाँक्रीले जाजरकोटको नेकपा एकिकृत समाजबादीको भेलालाइ सम्वोधन गदै भन्नुभयो ।

अरु भन्दा भिन्न र फरक हुनका लागि हामीले व्यापक समिक्षा गरेर अगाडी बढ्नु हाम्रो संकल्प रहेको उहाँले बताउनुभयो । कर्णाली प्रदेशमा आफ्नो दल सहभागी भएको भन्दै सरकारमा जानका लागि मात्र आफूहरुले समाजबादको बाटो नरोजेको बताउनुभयो । काम गर्ने मान्छेलाइ काम गर्ने वातावरण सिर्जना गर्ने र राज्यले पनि गरि खाने मान्छेलाइ सहयोग गर्नुपर्ने समेत उहाँको भनाइ रहेको छ ।

कुनै दुत्तावासको पैसा लिएर कुनै आयोजना विरुद्ध हामी काम नगर्ने समेत उहाँले बताउनुभयो । जाजरकोट बाट काठमाडौँ तीर फर्कीएको विकास भएको हेर्ने हाम्रो योजना रहेको समेत बताउनुभयो । ४२ महिने केपीको कार्यकालमा के योजना सम्पन्न भयो ।

हामी नजन्मदै सुरु भएको योजनाको टुटी खोल्दैमा विकास भएको मान्न नसकिने उहाँको भनाइ छ । नेतृ झाँक्री बोली रहेको समयमा भारी यूवाहरुको टोलीले उहाँको पक्षमा नाराबाजी समेत गरेका छन् ।





error: Content is protected !!