सूचना प्रविधि अधिकृतलाई पुर्नबहालीको माग

विष्णुप्रसाद देवकोटा
डोल्पा- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सूचना प्राविधि अधिकृत पुर्नवहालीको माग राख्दै त्रिपुरासुन्दरी नगरपालिका कार्यालयको मुलगेटमा तालाबन्दी गरेको छ ।
नगरपालिकामा आइटी अफिसरको रुपमा कार्यरत हेमन्त बोहरालाई पुर्नवहालीको माग राख्दै नगरमा तालाबन्दी गरेको हो ।त्रिपुरासुन्दरी नगरपालिका ६ पालङ्गका स्थानीय बासिन्दा हेमन्त बोहरा २०७६र०७७ देखि नगरमा आईटी अफिसरको रुपमा कार्यरत थिए ।बोहरालाई कार्यालयको काम ईमानदारी रुपमा नगरेको भन्दै नगरले उनलाई निलम्बन गरेको थियो ।प्रविधि अधिकृत रहदा बोहराले जनप्रतिनिधिको सम्पत्ति विवरण फारम भर्दा उपमेयर चन्दा कुमारी बुढाको नभरेर जरिवाना तिर्नु परेको कारणलाई लिएर विभिन्न समयमा नगरले बोहरालाई स्पष्टीकरण सोधेको थियो ।
नेपाल कम्युनिस्ट पार्टी माअनेवादी केन्द्र नगर ईन्चार्ज धर्मजित बोहरा सचिव बुद्धि बुढा प्रदेश कमिटी सदस्य काली चलाउने सहितको नेतत्वमा एक दर्जन बढीको संख्यामा रहेका माओवादीका कार्यकर्ताले बोहराको पुर्नवहालीको माग राख्दै नगरमा तालाबन्दी गरेको हुन ।
नगरका प्रमुख प्रशासकीय अधिकृत प्रितिभक्त गिरीले आफ्नो मनोमानि रुपमा काम गरेको नगरमा अनेक किसिमका गलत कार्य गरेकाले हेमन्त बोहरालाई पुर्नवहालि र नगर कार्यकारी प्रमुख गिरीलाई कारवाही नभएसम्मलाई नगरमा तालाबन्दी जारी राखिने र थप अनन्दोलनका कार्यक्रम समेत गरिने नगर ईन्चार्ज धर्मजित बोहराद्वारा हस्ताक्षरित जारी प्रेस विज्ञाप्ति उल्लेख छ ।










