करारको भरमा डोल्पाको स्वास्थ्य सेवा कार्यालय

नन्दा शाही
डोल्पा – करारका स्वास्थ्यकर्मीको भरमा डोल्पाका स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । चिकित्सक देखि अन्य स्वास्थ्यकर्मीहरु करारकै भरमा चलेको कार्यालय प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो । ४३ जना मध्य १० जना मात्र स्थायी दरबन्दीमा कार्यरत रहेको र बाँकी ३३ जना करारमा कार्यरत रहेको उहाँले बताउनुभयो ।
करारमा रहेका कर्मचारीको आज नै म्याद सकिएकोले काम गराउन समस्या भएको कार्यालय प्रमुख शाहीले बताउनुभयो । अहिले नर्सिङ स्टापहरु ४ जना , पारामेडिक्स ५ जना , रेडियोजी १ जना , ल्याप ३ जना , फार्मेसी २ जना , फिजियोथेरापी १ जना , आखाको १ जना , कार्यालय सहयोगी ५ जना करारमा कार्यरत रहेको बताएको छ । त्यस्तै ७ जना डाक्टरहरु समेत करारमै रहेका छन् । डाक्टरहरुलाइ स्वीकृत दरबन्दीबाटै तलव ,भत्ता उपलव्ध गराउदै आएको उहाँले बताउनुभयो ।
यो आर्थिक वर्षमा प्रदेश सरकारले तलव भत्ताका लागि रु २१ लाख बजेट मात्र स्वास्थ्य सेवा कार्यालयको खातामा पठाएको छ । त्यो पैसाले सबैलाइ तलव भत्ता नपुग्ने भएकाले कसरी करारका स्वास्थ्यकर्मी राख्ने भन्ने विषयले समस्या बनाएको छ । २१ लाखबाट करारका सबै स्वास्थ्यकर्मीलाइ तलव अपुग हुने र आजका मिति देखि करार सम्झौता समेत सकिएको छ ।
करारका कर्मचारीलाइ म्याद थप्का लागि र तलव भत्ताका लागि रु २६ लाख बजेट माग गरिएको छ तर अहिले सम्मा सो पैसा नआएको उहाँले जानकारी दिनुभयो । १० वर्ष देखि काम गदै आउनु भएका कर्मचारीलाइ कसरी हटाउने , नहटाउदा तलव भत्ता दिने बजेट छैन उहाँले भन्नुभयो ।
करारका सबै स्वास्थ्यकर्मी हटाउदा काम गर्न नै नसकिने अवस्था रहेको छ । १५ शश्याको स्वास्थ्य सेवा कार्यालयमा करारकै स्वास्थ्यकर्मीको भरमा चलेको छ । आज देखि उत्ताको समय काम गर्ने कर्मचारीले निशुल्क सेवा गर्नुपर्ने बाध्यता आइलागेको बताएको छ ।










