चाँदे हिमालको नदैडाबमा तिर्थ गएका रावतको मृत्यु

जाजरकोट , जुनिचाँदे गाउँपालिका १ बाट वडा ७ को चादे हिमालको नदैडाबमा तिर्थयात्रामा गएका एक जनाको मृत्यु भएको छ ।

तिर्थयात्रा जाँदा हावाहुरीले हिमालमा हुत्याउदा जुनिचाँदे १ काब्राका औवान रावतको मृत्यु भएको छ भने लोक लोकबहादुर रावत गम्भिर विरामी भएको गाउँपालिकाका काबाध्यक्ष शिबा आचार्यले जानकारी दिनुभयो । भदौ ३० गते २५ जना गाउँलेहरु देवताको तिर्थका लागि चाँदे हिमालको नदैडावमा गएको आचार्यले बताउनुभयो ।

अहिले मृतकको सव र विरामीलाइ तिर्थमा गएका स्थानीयले बोकेर धननाँसीमा ल्याइएको छ । बिरामीको अवस्था गम्भिर भएको खवर आएको आचार्यले जानकारी दिनुभयो । यत्ता जिल्ला प्रहरी कार्यालयका डिएस्पी मधुकुमार थापाले प्रहरी पठाउने काम भएको बताउनुभयो ।





error: Content is protected !!