कर्णालीमा दिगो विकास लक्ष्य सप्ताह शुरु

सुर्खेत ः कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ शुरु भएको छ । प्रदेश योजना आयोग र सयुक्त राष्ट्रसंघ नेपालको आयोजनामा राजधानी वीरेन्द्रनगरमा आजबाट सप्ताह शुरु भएको हो ।

दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको प्रदेश योजना आयोगका सदस्य डा दिपेन्द्र रोकायले जानकारी दिए ।

उनका अनुसार सप्ताहको पहिलो दिन शुक्रबार सर्बव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य बारे युएनडिपीका कर्णाली प्रमुख रफिक सिद्धिकी र कर्णाली प्रदेशको दिगो विकास लक्ष्यको आधार तथ्यांक तथा भावी रणनीतिको बारे सदस्य रोकायाले प्रस्तुतीकरण गरेका छन् ।

सप्ताहमा प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य माथी बहस संचालन गरिने छ । कर्णाली प्रदेशको समग्र विकासको लागि विभिन्न सरोकारवालाहरुसँगको गहन छलफल, बहस, दिगो विकास लक्ष्यको कार्यान्वयनमा प्रभावकारी भूमिका लगायतका विषयमा समेत छलफल हुने आयोगले जनाएको छ ।

त्यस्तै दिगो विकास लक्ष्यको कार्यान्वयन स्थितिमा उच्चस्तरीय नीतिको चर्चा, कोभिड १९ ले घरेलु खाद्य सुरक्षा र जीविकोपार्जनमा परेको असर, दिगो विकास लक्ष्य र उपलब्धि, नीति, मुद्दाहरु, प्राथमिकताहरु, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य र पोषणमा आगामी कार्यदिशाबारे पनि छलफल गरिने बताएको छ ।





error: Content is protected !!