ओलीको आरोप- कांग्रेसका हातमा ठेक्का लाग्यो भने तुइनबाट मान्छे मर्छु

न्युज कारखाना
काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका मान्छेले काम नगर्दा महाकालीमा तुइनबाट खसेर नेपाली नागरिक मारिएको आरोप लगाएका छन् ।
युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले तुइन विस्थापन अभियानअन्तर्गत तुइन काटेर मान्छे मारिएको ठाउँमा झोलुङ्गे पुलको ठेक्का लागिसकेको, ठेक्का पाउने कांग्रेसको मान्छेले काम नगर्दा दुर्घटना हुन पुगेको आरोप लगाए । कांग्रेसका हातमा ठेक्का लाग्यो भने तुइनबाट मान्छे मर्छ । ठेक्का कांग्रेसको भागमा पर्यो, काम नगरिदने, मान्छे मारिदिनेु, ओलीले भने ।
दार्चुलामा तुइनबाट खसेर व्यास गाउँपालिकाका जयसिंह धामी महिना दिनअघिदेखि बेपत्ता छन् । उनी खसेको ठाउँमा झोलुङ्गे पुलको ठेक्का लागे पनि काम भने अघि बढेको छैन ।










