डोल्पामा ४१ जनाले गरे एकीकृत समाजवादीको पक्षमा सनाखत

डोल्पामा एमाले छोडेर ४१ जनाले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन। नेकपा एमाले परित्याग गरि एकीकृत समाजवादीमा जिल्लामा ४१ जनाले सामूहिक रुपमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन्।
कर्णाली प्रदेश उद्योग,पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिँह बुढाको नेतृत्वमा स्थानीयतहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन्। एमाले परित्याग गर्नेमा सबैभन्दा धेरै ठूलिभेरी नगरपालिकाका जनप्रतिनिधि रहेका छन्।
ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसहित ८ वटा वडाध्यक्ष, ४ जना जिल्ला समन्वय समितिका सदस्य १० जना वडा सदस्य,महिला सदस्य ७ जना दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य ५ गरि जम्मा ४१ जनाले हस्ताक्षर गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामकुमार राईले जानकारी दिए।
जनप्रतिनिधि र कार्यकर्ताहरु हस्ताक्षरकालागि नाराजुलुस गर्दै जिल्ला निर्वाचनमा कार्यालयमा पुगेका थिए। नेकपा एमालेको नेतृत्वले धोका दिएकोले सामाजवादी रोज्नु परेको ठूलिभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले बताए।
जिल्ला निर्वाचन कार्यालयमा समाजवादीमा हस्ताक्षर गर्नेमा ठूलिभेरी नगरपालिकाका ३६ जना, जगदुल्ला गाउँपालिकाका ३ जना, मुड्केचुला गाउँपालिकाका १ जना र त्रिपूरासुन्दरी नगरपालिकाका १ जना रहेकको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लामा कार्यकर्ताको उत्साह दिनप्रतिदिन बडिरहेकाले निर्वाचन आयोगको समयसीमा २२ गते सम्म जनप्रतिनिधिहरु थप हुनेमा विश्वस्त रहेको मन्त्री बुढाको दाबी छ।
अहिले पनि जिल्लामा ठूलो पार्टी एकीकृत समाजवादी नै भएको दाबी गर्दै कार्यालय स्थापनासँगै संगठन बिस्तार तीब्र रुपमा अघि बड्ने मन्त्री बुढाले बताए।
मौसममा बिग्रेर जहाज नउडेपछि नेपालगन्जबाट हेलीकप्टर चार्टर गरेर मन्त्री बुढा डोल्पा पुगेका हुन। नेकपा एमाले डोल्पाका संस्थापक नेता एवं केन्द्रीय सदस्य हंश बहादुर शाही र डोल्पाली राजनीतिमा चर्चित धनबहादुर बुढासमेत एकीकृत पार्टीमा रहेकोले समाजबादीनै ठूलो पार्टी रहेको नेता कार्यकर्ताको दाबी छ।










