नलगाडमा पुग्यो केन्द्रीय लाइन

सञ्जय केसी
जाजरकोट –  लामो समयको प्रतिक्षापछि नलगाड नगरपालिका भित्र ११ केभी प्रशारण लाइनको केन्द्रीय विद्युत लाइन विस्तार भएको छ ।
नगरपालिकाको १,२,४,५ ७ मा पर्ने चिसापानी , छेप्का , कालीमाटी ,दल्ली ,पिपलचौर ,घ्वारा लगाएतका ठाउँमा आज देखि विद्युत सुचारु भएको नेपाल विद्युत प्राद्यिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख बिशाल लामिछानेले बताउनुभयो ।
अन्य ठाउँमा विद्युतीकरणका लागि लाइन तान्ने काम जारी रहेको प्रमुख लामीछानेले बताउनुभयो । पूर्वी क्षेत्रमा विद्युतीकरण गर्नका लागि नलगाड नगरपालिकामा विद्युत पुग्नु नै महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

काम नगर्ने ठेकेदारलाइ दबाब

पटक पटक मौखिक ताकेता र पत्र समेत काटेर काम गर्न आग्रह गर्दा पनि विद्युत प्रशारण लाइनको काम नगर्ने ठेकेदारलाइ फेरी १५ दिने पत्र काटिएको छ । नलगाड विद्युत पुगेपछि त्यहाँबाट बारेकोट विद्युतीकरण गर्ने बाटो खुलेपनि ठेकेदारले चार वर्ष देखि प्रशारण लाइनको काम नगर्दा समस्या हुँदै आएको छ ।

नलगाड पुगेसँगै समयमै निर्माण व्यवसायी तथा कांग्रेस नेता ,जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले काम बीचमै छाडेर पोलहरु अलपत्र पर्दा बारेकोटमा विद्युतीकरणको समय ढिला हुँदै आएको छ । १५ दिने पत्र काटेर काम छिटो गर्न आग्रह गरिएको छ , सो समयमा पनि काम भएन भने पूर्ण ७ दिने काटिने छ प्रमुख लामिछानेले भन्नुभयो ।

सबै पत्रको मतलव नगरे ठेक्का रद्ध गरी नयाँ तरिकाले जाने तयारी रहेको उहाँले बताउनुभयो । यही प्रशारण लाइन भएर डोल्पा विद्युत लिने योजना रहेको छ । डोल्पाको जगदुल्ला जलविद्युत आयोजना , जाजरकोटको ताँसुगाड जलविद्युतको काम समेत यही विद्युतबाट गर्न सहज हुने छ ।





error: Content is protected !!