स्थानीय तहमा लोकप्रियतामुखी बजेट

जाजरकोट – जुनीचाँदे गाँउपालिकाले बैंक खाता छोरी सुरक्षा जीवनभरी, सुत्केरी सँग उपाध्यक्ष भेटघाट कार्यक्रम लाई निरन्तरता दिनुका साथै जुनी बस्तीमा युद्ध संग्रहालय निर्माण गर्ने, खरको छानामुनी रहेका नागरिकलाई टिनको छानामुनी बस्ने बनाउने, विद्यार्थीलाई अनुदान सहयोग, टिमुर र ओखर पकेट क्षेत्र निर्माणमा अनुदान लगायतका लोकप्रिय कार्यक्रम अघि सारिएको छ ।

दश वर्षे जनयुद्धको उद्गम स्थलको रुपमा रहेको जुनी बस्तीमा युद्ध संग्रहालय निर्माण गर्न रु २५ लाख रुपैया विनियोजन गरिएको छ । गाउँपालिकामा रहेका मुख्य पर्यटकीय स्थल, जुनी बस्ती, चाँदे हिमाल, भैरी चाल्ले नागढुगां, देउराली पाथीभरा, मालिका, नदाईडाब भगवतिमाई लगायतका पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन गरी सम्भाव्यता स्थलहरुको संरक्षण र सम्वर्धन गर्नका लागि संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरी पर्यटन प्रवर्धन गरिनेछ ।

सुरक्षित नागरिक आवाश कार्यक्रमलाई प्रभावकारी बनाउन खरको छानामुनी रहेका नागरिकलाई टिनको छाना भित्र बस्ने ब्यवस्थापन गर्न २ सय ४० वटा नयाँ छाना निर्माणको लागि रु ४५ लाख रुपैया बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै यस जुनीचाँदे गाउँपालिकाबाट दक्ष जनशक्ति उत्पादनका लागि एम. वि. वि. एस., ईन्जिनियर, स्टापनर्स, एच.ए. र फार्मेसी र कृर्षि तथा भेटनरी विएसी. एजी. छात्रवृतिमा अध्यनरत विद्यार्थीलाई अनुदान सहयोग दिने व्यवस्था मिलाएको छ ।

बजेटमा सुत्केरी सँग उपाध्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गरी प्रत्येक सुत्केरी आमा तथा बच्चालाई न्यानो कपडा प्याकेज, आयोडिन नुन, लोकल कुखुरा तथा एक धार्नी तोरीको तेल वितरणको लागि आवश्यक बजेटको ब्यवस्था मिलाई सो कार्यक्रमलाई निरन्तरता दिनका लागि रु १५ लाख रुपैया बजेट बिनियोजन गरिएको छ ।

बैंक खाता छोरी सुरक्षा जीवनभरी, नारालाई आत्मसात गरी आर्थिक वर्ष २०७८ साउन १ देखि जन्मने छोरीहरुको नाममा गाउँपालिकाले खाता खोली रु १० हजार बचत गर्ने कार्यक्रमलाई निरन्तरता दिनका लागि रु २० बीस लाख रुपैया बिनियोजन भएको छ ।

जेष्ठ नागरिकसँग अध्यक्ष भेटघाट कार्यक्रमलाई सञ्चालन गर्न ८० वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकहरुलाई उपचार खर्च बापत रु ५ हजारका दरले प्रोत्साहन दिन कार्यक्रमको लागि रु ३ लाख रुपैया बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत दीपक कुमार शाहीले बताउनुभयो ।

यस गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत कार्यालय सहयोगी, बालबिकास शिक्षक र बिद्यालय सहायक कर्मचारीहरुको पारिश्रमिकमा मासिक रु दुई हजार तलब बृद्धिको लागि आवश्यक वजेटको ब्यवस्था मिलाइएको छ । बालविकास शिक्षकलाई संघीय सरकारले पनि दुई हजार बृद्धि गरेको छ ।

 

स्थानीय स्तरमा उत्पादन हुने बस्तु जस्तैः धान, मकै, गहु, कोदो, भट्टमास, जौ, फापर, आलुर सिमि लगायतका रैथाने बालीको उपयोगमा प्राथामिकता दिई “खेती योग्य जमिन बाझो नराखौ आफुले खेति गर्न नसके खेति गर्न सक्नेलाई दिउ” भन्ने नारालाई आत्मसाथ गर्दै खेति नगरिएको उत्पादनशिल जमिन कृषि उत्पादनको लागि उपयोग गर्न कृषकलाई खेती गर्न प्रोत्साहन गरिने कुरा बजेटमा उल्लेख गरिएको गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो ।

जुनीचाँदे गाउँपालिका वडा न. ११ र ४ लाइ टिमुर पकेट क्षेत्र ६ र ७ लाई ओखर पकेट क्षेत्रका रुपमा घोषणा गर्दै आवश्यक बजेटको ब्यवस्था गरिएको छ । गाउँपालिका गौरवका आयोजना घोषणा गरी प्रदेश सरकारको समपुरक सहित ओखडा—जुनी—जुम्ला सडकको लागि रु १ करोड रकम विनियोजन गरिएको छ । लामातडा—गर्खाकोट—बुद्धिडाडा—जुम्ला सडक (क्रमागत) संघीय सरकारको समपुरक अनुदान सहित रु २ करोड ३० लाख बजेट बिनियोजन भएको कावा अध्यक्ष आचार्यले बताउनुभयो । आगामी बर्षको लागि ५० करोड ८९ लाख ७ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

आर्थिक बर्ष २०७८/ ०७९ को लागि भेरी नगरपालिकाले ६१ करोड ९० लाख ४० हजारको बजेट प्रस्तुत गरेको छ । नवौँ नगरसभामा आगामी आर्थिक बर्षको लागि ६१ करोड ९० लाख ४० हजारको बजेट प्रस्तुत गर्नु भएको हो ।

मुख्यरुपमा कोरोना महमारीबाट नगरवासीहरुको जीवनलाई सुरक्षित र सहज बनाउन, स्वास्थ्य तथा शिक्षाको संस्थागत विकास तथा सुदृढिकरण गर्न, कृषि क्षेत्रमा रोजगारी सिर्जना गरी उत्पादन वृद्धि गर्न र सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको दिगो विकास गर्न बजेटमा प्राथामकिता दिइएको छ ।

साविकका गाविस भुर, पुन्म, जगतिपुर स्थित ६ वटा वडाका नागरिकहरुको सहज स्वास्थ्य सेवाको लागि वडा नम्बर ७ को स्याउली बजारमा १५ शश्याको नगर अस्पताल निर्माण गरिने भएको छ ।

त्यस्तै नगर तथा जिल्लावासीहरुलाई आँखा उपचार सेवा उपलब्ध गराउन सम्बन्धति नियकासंग साझेदारी गरी आँखा अस्पताल संचालन लागी भवन निर्माण गर्न बजेट विनियोज गरिएको छ ।

कृषि उत्पादनलाई बृद्धि गर्ने तथा खाद्य तथा पोषण कार्यक्रम नीतिलाई प्रथामिकता दिइएको छ । खाद्य तथा तरकारी बिउ उत्पादन कार्यक्रम, रैथाने बाली संरक्षणमा जोड, उन्नत कृषि औजार तथा बिउ उत्पादनका लागि क्षेत्र विस्तार गर्ने, मौसमी तथा बेमौसमी तरकारी, फलफुत खेतीबालीमा अनुदानको व्यवस्था गरिएको छ ।

गुणस्तरीय शिक्षाको परिकल्पना स्वरुप दरवन्दी नभएका र पर्याप्त दरवन्दी नभएका बिद्यायलयमा शिक्षकको व्यवस्थापन गर्न स्वयमसेवक शिक्षकका लागि शिक्ष अनुदान कार्यक्रमको लागि थप बजेटको व्यवस्था गरिएको छ । नीति तथा कार्यक्रममा शिक्षक तथा कर्मचारीहरुको उत्प्रेरना तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई जोड दिइएको छ ।

नलगाडको निति तथा कार्यक्रम ः स्वास्थ्य मुख्य प्राथमिकतामा

नलगाड नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५६ करोड ८६ लाख ८४ हजारको बजेट प्रस्ताव गरेको छ । नगर उप–प्रमुख बालकुमारी बस्नेतले आठौं नगरसभाको बजेट बक्तव्यमा ५६ करोड ८६ लाख ८४ हजारको बजेट प्रस्तावित गनुभएको हो । चालु खर्चतर्फ ३७ करोड १ लाख ५० हजार र पुँजीगत खर्च तर्फ १९ करोड ८५ लाख ३४ हजारको बजेट प्रस्ताव गरिएको छ । समपूरक कोष तर्फ १ करोड ५० लाखको बजेट प्रस्ताव गरेकी छन् ।

सशर्त अनुदान तर्फको पुँजीगत खर्चमा २ करोड २६ लाख र बिभिन्न बिषयगत क्षेत्रलाई समेट्नेगरी ८ करोड ३९ लाखको बजेट प्रस्ताव गरेकी छन् । त्यसैगरी कन्टनजेन्सी तर्फ ३० लाखको बजेट प्रस्ताव गरिएको छ ।

नगर प्रमुख रावलले प्रस्तुत गरेको २०७८÷०७९ को नीति तथा कार्यक्रममा प्राथमिकता क्रममा क्रमशः स्वास्थ्य तथा सरसफाई, कृषि पशुपालन तथा रोजगार, पूर्वाधार विकास, शिक्षा तथा खेलकुद विकास, यातायात तथा बिद्युत क्षेत्र, सिपमुलक कार्यक्रम तथा लक्षित वर्ग, साँस्कृतिक प्रबद्र्धन लगायतका क्षेत्र समेटेको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रको कोभिड–१८ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारलाई प्राथमिकता दिएको बजेटले सबै वडा तथा टोलमा रहेका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई केन्द्रका भवन निर्माण, औषधि तथा स्वास्थ्य सामाग्री खरिदलाई प्राथमिकता दिएको छ

कृषि, पशु पालन तथा रोजगार क्षेत्रमा बजेटले नमुना बस्ती विकास, कृषि तथा पशुपालनलाई प्रबद्र्धन गर्न छनौट गरिएका पकेट तथा ब्लकका क्षेत्रमा लगानी बिस्तार गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमका बजेटमा नगर प्रमुख रोजगार कार्यक्रमको बजेटलाई म्याचिङ्ग गरेर संचालन गर्न प्रस्तावित बजेटले प्राथमिकता दिएको छ ।

सुत्केरीसंग उप–मेयर कार्यक्रम अन्तरर्गत घर–घरम झण्डा, हात–हातमा अण्डा कार्यक्रम संचालन गरेर सुरक्षित मातृत्व तथा नवजात शिशुको मृत्यु दरलाई कम गर्न बजेटले प्राथमिकता दिएको प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिंहले बताउनुभयो ।





error: Content is protected !!