असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु

नन्दा शाही
डोल्पा ःठुलिभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ बर्षीया आतमाया विकको उपचार नपाएर मृत्यु भएको छ ।
स्वास्थ्य संस्था नगइ घरमै असुरक्षित रुपमा सुत्केरी हुनुभएकी विकको छोरा जन्मिन बितिकै अत्यधिक रक्तश्रावका कारण आज विहान मृत्यु भएको स्थानीय लक्ष्मीचन्द्र कार्कीले जानकारी बताए । बच्चा स्वास्थ्य अवस्था राम्रो भएको भएपनि दुधको अभावमा समस्य भएको उनले बताए ।
सदरमुकाम दुनै भन्दा ५ घण्टा पैदल दुरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो । यहाँका अधिकांश गर्भवती महिलाहरु गर्भजाँच गराउन नपाएको उनको गुनासो छ ।










