सामाजिक विकास समितिले भन्यो ः स्वास्थ्य संस्थामा राजनीति किन ?

जाजरकोट ः कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले  जाजरकोट स्वास्थ्य सेवा कार्यालयको अनुगमण गरेको छ । स्वास्थ्य सेवा कार्यालयले प्रवाह गरेको सेवा तथा समस्य बुझन आएको समितिले जिल्लाका अधिकारीसँग पनि छलफल गरेको छ ।

समितिकी अध्यक्ष देवी वलीको नेतृत्वमा आएको समितिको टोलीले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा भए ,गरेका कामको विषयमा समेत व्यापक छलफल भएको सदस्य कौशिलावती खत्रीले जाजकारी दिनुभयो । सेवा कार्यालयको स्वीकृत बार्षिक कार्यक्रम, निकासा भएको बजेट र कार्यान्वयनको अबस्था, नियमित तथा कोभिड–१९ को उपचार सेवा, जनशक्ति व्यवस्थापन तथा परिचालनको अबस्था, पूर्वाधार, स्वास्थ्य सामग्री र औषधिको अबस्थाका बारेमा समितिले अनुगमन गरेको सदस्य खत्रीले बताउनुभयो ।

स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउका लागि प्रदेश र संघबाट आएको बजेट कामै नगरि फ्रिज हुँने अवस्थामा पुगेको तितो यथार्थ सुनाउदै प्रदेशसभा सदस्य खत्रीले भन्नुभयो , “ अक्सिजन प्लान्ट खरिद, ढुवानी तथा जडानका लागि प्रदेश सरकारले कार्यालयलाई निकासा दिएको ४० लाख बजेट कार्यान्वयन गर्न नसकेर फिर्ता पठाउनु दुखद पक्ष भएको , कोभिडका विरामीहरुको उपचार सरकारले निशुल्क गर्ने भनेर नीतिगत निर्णय गरिसकेको सन्दर्भमा स्वास्थ्य सेवा कार्यालयले विरामीहरुबाट चर्को शुल्क उठाउनु गलत भएको छ ।”

तीन हप्ता देखि एक्सरे मेसिनमा खरावी आउदा पनि मर्मत तर्फ ध्यान नदिएको , चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समयमै प्रोत्सान भत्ता उपलल्ध नगराएको पाइएको अनुगमणमा पाइएको उहाँले भन्नुभयो । त्यसैगरी प्रदेशसभा सदस्य खत्रीले जिल्लाका सबै पालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सेवा कार्यालयले समयमै प्रयाप्त आधारभुत औषधिहरुको आपुर्ती गर्न नसकेको बताउनुभयो ।

स्वास्थ्य संस्था जस्तो थलोमा राजनीति गर्ने मुख्य ठाउँ बनाइ राजनीतिक इच्छा शक्ति पुरा नगर्न समेत उहाँले बताउनुभयो । शक्ति र पहुँचका आधारमा सेवा प्रवाह गर्ने, सेवा प्रवाहलाई पारदर्शी बनाउन नसक्नु कार्यालयको प्रशासकीय तथा व्यवस्थापकीय कमजोरी भएको प्रदेशसभा सदस्य कृष्ण शाहले बताउनुभयो । करार दरबन्दीमा कर्मचारी नियुक्ति गर्ने सन्दर्भमा कार्यालयका व्यवस्थापक, लेखापाल र सुब्बाको मिलेमोतोमा एक–एक जना कर्मचारी नियुक्ति गरेर कम्जोरी गरेको सदस्य शाहको भनाइ छ । कर्मचारी नियुक्ति गर्दा प्रदेश सरकारको मापदण्डमा रहेर नियुक्ति गर्नुपर्ने भनाई राख्दै सदस्य शाहले मापदण्ड विपरित काम गर्न नहुने बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय कार्यालयका निमित्त व्यवस्थापक टीकाराम जैसीले स्वास्थ्य सेवा कार्यालयमा हाल खाली रहेको ५ वटा स्टापनर्सको दरबन्दीको पदपुर्ती हुनुपर्ने, भ्यान्टीलेटर बेड संचालन गर्नसक्ने दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने, कार्यालयमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आबश्यक तालिमको व्यवस्थापन गर्नुपर्ने, तत्काल एक्सरे मेशिनको व्यवस्था गर्नु पर्ने, औषधि खरिदमा प्रयाप्त बजेटको ब्यबस्था गर्नुपर्ने लगाएतका मागहरु अनुगमन गर्न कार्यालयमा पुगेको सामाजिक विकास समितिसंग माग राख्नुभयो ।
यो भन्दा अगाडी समितिले रुकुम पश्चिम , सल्यान लगाएतका जिल्लामा अनुगमण ,निरीक्षण गरिसकेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!