मौसममा सुधार हुन बित्तिकै हेलिकोप्टरबाट उद्धार ः पुर्वमन्त्री बस्नेत

जाजरकोट ः कुशे गाउँपालिकाको जलजला पाटनमा बेपत्ता भएका ७ जनाको मौसममा सुधार हुन बित्तिकै उद्धार गर्न पहल थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले गृहमन्त्रालय र प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गर्दै बिहीबार हेलिकोप्टर मागेको थियो । उत्ता पूर्व गृहमन्त्री तथा जाजरकोटका प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले फेसवुक तथा नेपालपोष्ट सँग टेलिफोनमा कुरा गदै गृहमन्त्रालयसँग छलफल भइ हेलिकप्टर उडाउने बिषयमा सहमती भएको भन्दै मौसममा सुधार हुन बित्तिकै उद्धार हुने बताउनुभएको छ ।

उहाँले भन्नुभयो , “उद्धारको लागि गएको सुरक्षाकर्मी र स्थानीयहरुको टोली प्रतिकुल मौसमका कारण पाटनमा पुग्न नसकेर फर्किनुभएको छ ।सम्पर्कमा नआईपुग्नुभएकाहरुको खोजि र उद्धारका लागि गृहमन्त्रालयसंगको छलफलपछि मौसमले साथ दिने बित्तिकै भोली हेलिकोप्टर त्यसक्षेत्रमा पठाउनेबारे मन्त्रालयले आवश्यक तयारी गरेको छ। सकुशल भेटहुने आषा राखौं।”

त्यस्तै प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले पार्टीका सबै कार्यक्रतालाइ उद्धार तथा सहयोगमा जुट्न आग्रह गरिएको बताउनुभयो । टेलिफोन मार्फत सांसद मायाप्रसाद शर्माले सवै तहका सरकार , जनप्रतिनिधिसँग छलफल जारी रहेकोले उद्धारका सबै उपाय अबलम्वन गरिएको बताउनुभयो ।





error: Content is protected !!