बेपत्ता भनिएका सकुशल भेटिए


सरु बस्नेत

जाजरकोट – भैँसी, गाइ र बाख्रा लिएर चरिचरण क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले उनीहरुलाइ भेटाएर आगो तताउने र आवश्यक खाना खुवाउने काम भएको डिएस्पी मधुकुमार थापाले बताउनुभयो ।

मंगलबार देखि हराइरहेका कुशे गाउँपालिका ८ ÷९ औलरिजाका ३५ बर्षीय दिलबहादुर खड्का , २५ बर्षीय विक्रम खड्का , २८ बर्षीया चन्द्रा खड्का , १८ बर्षीय भविन्द्र खड्का , १२ बर्षीय मीम खड्का , १७ बर्षीया धनसरा खड्का र वडा नं ९ का ४० बर्षीय कृष्ण रोकाय सुक्रबार विहान मात्र भटिएको डिएस्पी थापाले बताउनुभयो ।

खाना नखाएका र चिसोका कारण कम्जोर अवस्थामा भेटिएका उनीहरुलाइ प्राथमिक उपचारको काम पाटनमै भएको उहाँले बताउनुभयो ।





error: Content is protected !!