डोल्पामा बिरामी, काठमाडौंमा थन्कियो औषधि

डोल्पा – दुई हप्तायता उपल्लो डोल्पाका गाउँ , गाउँमा एउटै लक्षणका बिरामी बढेका छन्।  डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दा एउटै रोगको लक्षणले थलिएका हुन्। तर स्थानीय अगुवाको पहलमा खरिद गरिएको औषधि र उपकरण काठमाडौमा थन्किएको छ ।

अहिले तीनवटै पालिकामा पर्याप्त औषधि छैन । भएको औषधिले कसैको स्वास्थ्य अवस्थामा सुधार नआएको डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्पो थापा भोटेले बताए । उनका अनुसार स्थानीयस्तरका स्वास्थ्यकर्मी दिनरात बिरामीको उपचारमा खटिए पनि प्रयास निरर्थक बनेको छ । ‘सबैलाई उस्तैखाले लक्षण देखिएको छ,’ उनले भने, ‘लक्षण देखिएको लामो समय भइसक्दा पनि उपचार हुन सकेको छैन ।’ स्थानीयमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, बास्ना थाहा नहुनेलगायत लक्षण देखिएको उनले जानकारी दिए । उनका अनुसार वडामा बिरामी नभएको घर छैन । स्थानीय अगुवाको पहलमा जुटाइएको औषधि र स्वास्थ्य उपकरण यातायात असुविधाका कारण गाउ“मा पु¥याउन नसकिएको हो। गाँमा एकै खाले लक्षणका बिरामी भएपछि कोरोना संक्रमणको आशंका गरिएको स्थानीय अगुवा क्याल्पो थापा भोटेले बताए । ‘परीक्षण नहुँदा एकिन भने भएको छैन,’ उनले भने, ‘काठमाडौंको औषधि छिट्टै गाउँमा पु¥याउन सके बिरामीको ज्यान बच्थ्यो।’ यसअघि नै उपल्लो डोल्पास्थित डोल्पोबुद्ध गाउ“पालिकामा कार्यरत चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो पटक बिरामी भएकाहरू घरलु उपचारको भरमा रहेको भोटेले बताए । उनका अनुसार काठमाडांै बस्दै आएका डोल्पाका बासिन्दाको २७ किसिमका औषधि र उपकरणहरू जुटाएका हुन्। उनले ज्वरो र रुघाखोकीको औषधिसहित अक्सिजन सिलिन्डर र कन्सन्टेटर काठमाडांैमा थन्किएको बताए ।

काठमाडौंमा अड्किएको २ सय ५० किलोऔषधि, २ वटा अक्सिजन कन्सन्टे«टर र केही थान अक्सिजन सिलिन्डर छिट्टै गाउँ पु¥याउन सके उपचारमा सहयोग हुने उनको भनाइ छ । औषधि र उपकरण गाउँमा पु¥याउन हेलिकप्टर चार्टरको विकल्प नभएको वडाध्यक्ष भोटेले बताए । ‘कसैले उक्त स्वास्थ्य सामग्री कसैले ढुवानी गरिदिन्छ कि भनेर कुररे बसिरहेका छौं,’ उनले भने, ‘कर्णाली प्रदेश सरकारलाई सामान ढुवानीमा सहयोग गर्न पटकपटक अनुरोध गर पनि सुनुवाइ भएको छैन ।’ प्रदेश सरकारका मन्त्रीहरूले औषधि ढुवानी गर्ने आश्वासन दिए पनि हेलिकप्टर चार्टरको यकिन नहुँदा समस्या भएको उनको गुनासो छ ।
ढुवानीमा सहयोग गर्न विभिन्न निकायमा पटकपटक अनुरोध गर पनि सुनुवाइ नभएको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले बताए । बिरामीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन र औषधि उपचारमा सहयोग गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर पनि े बेवास्ता भएको उनको भनाइ छ ।





error: Content is protected !!