चार कार्यदल गठन गदै कर्णाली सम्पर्क समितिको भर्चुअल बैठक सम्पन्न

जाजरकोट – नेकपा माओवादी केन्द्रको कर्णाली सम्पर्क समिति बैठकले कोरोना नियन्त्रण गर्न चार वटा कार्यदल गठन गदै सम्पन्न भएको छ । भर्चुअल मार्फत भएको वैठकले यस्तो निर्णय गरेको हो ।

वैठकमा नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत कर्णाली प्रदेशका १० ओटा जिल्लाका मंञ्चका अध्यक्षहरुले माओवादी पार्टीको अबस्था , प्रधानमन्त्रीले गरेको कदमको विरोध तथा कोभिड नियन्त्रणका लागि पहलका विषयमा धारणा राखेको बताउनुभयो । उहाँका अनुसार मञ्चका सचिव गुलाफ मगरको संयोजकत्वमा कोभिड नियन्त्रण गर्न १५ सदस्यीय चार वटा कार्यदल गठन गरिएको छ ।

कार्यदलले अस्पतालमा समस्यामा परेका विरामीको उपचारमा सहयोग तथा दुखमा परेकालाइ सहायता समेत उपलव्ध गराउने छ । मञ्चकी अध्यक्ष तथा पूर्व शान्ति तथा पूर्ण निर्माणमन्त्री सत्य पहाडीले नागरिकको ज्यान जोगाउनु मुख्य काम भएको भन्दै त्यसको लागि सवै तहको तयारी भएको बताउनुभयो ।

त्यस्तै पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले वैठकमा बोल्दै प्रधानमन्त्री केपीशर्मा ओलीले चालेको दमको चर्को विरोध गदैै कोभिडबाट बच्नका लागि माओवादीले ७ प्रदेशमा अक्सिजन पलान्ट स्थापना गर्ने बताउनुभयो । उहाँले ७७ जिल्लामा कोभिड नियन्त्रणका लागि समिति गठन गरि परिचालन हुने बताउनु भयो ।

कर्णालिका सबै जिल्लाहरुमा आफू निरन्तर सम्पर्कमा रहेको बताउनु हुँदै पूर्वमन्त्री बस्नेतले आवश्यक सामग्री समेत पठाइरहेको बताउनुभयो ।





error: Content is protected !!