इन्जिनियर थापाले बारेकोट गाउँपालिकालाई वेड सहयोग

जाजरकोट ः भेरी नगरपालिका -२ घर भइ नलगाड जलविद्युत आयोजनमा कार्यरत इन्जिनियर पदम थापाले बारेकोट गाउँपालिकालाई १० थान वेड सहयोग गर्नुभएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहलाइ उक्त वेडहरु उपलव्ध गराएको हो । थापाले दिएको वेडहरुवाट वारेकोट गाउँपालिकाले १० वेडको आइसोलेसन तयार पारिएको जानकारी दिएको छ ।

पालिका भित्र फैलिएको कोभिडले विरामीको संख्या बढीरहेकोले आफूले सो वेडहरु सहयोग गरेको थापाले बताउनुभयो । सवैले आफ्नो क्षमता अनुसार सहयोग गरेमा विरामीलाइ उपचार मात्र होइन , पालिकालाइ व्यवस्थापनमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ । उक्त वेडहरु २ लाख २० हजार हाराहारीमा पर्ने बताएको छ ।

इन्जिनियर थापाको सहयोगले गाउँपालिकाकालाइ ठुलो सहयोग मिलेको गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले सामाजिक सञ्जाल मार्फत भनाइ सार्वजानिक गर्नुभएको छ । यो वेड थपिएसँगै १० शश्या थपिएका छन् ।

स्वास्थ्य सेवा कार्यालयलाई अखिल क्रान्तिकारीको सहयोग

नेत्र विक्रम चन्द (विप्लब) नेतृत्व रहेको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, जाजरकोटले स्वास्थ्य सेवा कार्यालय, जाजरकोटलाई सहयोग गरेको छ । ३० वटा अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न स्वास्थ्य सेवा कार्यालयलाई अखिल क्रान्तिकारी, जाजरकोटले २२ हजार ५ सय सहयोग गरेको हो ।

अखिल क्रान्तिकारी, जाजरकोटले गरेको आर्थिक सहयोगबाट स्वास्थ्य सेवा कार्यालयले रिफिलिङ्ग गरेका ३० वटा अक्सिजन सिलिण्डरलाई मंगलबार हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक टिकाराम जैसीलाई अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम शाहीले सिलिण्डर हस्तान्तरण गनुभएको थियो ।

सिलिण्डर हस्तान्तरण कार्यक्रममा अखिल क्रान्तिकारीका शाही, जाजरकोट अध्यक्ष विराजन शाही लगाएत अखिल क्रान्तिकारीका अन्य नेताहरु पनि सहभागी भएका थिए ।





error: Content is protected !!