मुड्केचुला गाउँपालिकाले सङ्क्रमणबीच विकासका काम धमाधम

नन्दा शाही
डोल्पा , ११ जेठ ः जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका डोल्पाले कोभिडको समयमा पनि विकास निर्माणका काम तिव्रता दिएको छ । सडक निर्माणलाइ मुख्य एजेडा बनाएको गाउँपालिकाले जुम्ला – मुड्केचुला सडक खण्डको ट्याक खोल्ने काम पुरा गरेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

जुम्लाबाट छिमेकी गाउँपालिका जगदुल्ला हँुदै मुड्केचला गाउँपालिकाको वडा ८ ओक्ट सम्मा सडक निर्माण भएको हो । गाउँपालिका तथा कर्णाली प्रदेशको लगानीमा जुम्लाको सिमाना हुँदै जिमिचौरदेखि वडा ७ सर्मी र ८ ओक्ट सम्माको सडकको ट्याक खुलेको छ । पालिकाले जिमिचौरदेखि ओक्ट र जिमिचौरबाट लामाचौर हुँदै सर्मीसम्म मोटरबाटोको ट्रयाक खोलेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । अस्थायी ट्याक खुलेसँगै मुड्केचुला गाउँपलिकाको ओक्ट ,सर्मीमा ट्याक्टर मार्फत सामग्री ढुवानी कार्य सुरु भएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

भौैतिक पूर्वाधार विकास कार्यालयले अघिल्लो वर्ष जगदुल्ला गाउँपालिकाको छाँचुदेखि मुड्केचुला गाउँपालिकाको जिमिचौर हुँदै लामाचौरसम्मको सडक निर्माणकार्य पुरा गरेपछि मुड्केचुला गाउँपलिकालाइ सडक निर्माण गर्न सहज भएको थियो ।
अस्थायी रुपमा सञ्चालनमा आएको यो सडकलाइ स्तरउननती गरि हलुका सवारीसधान सञ्चालको लागि तयारी थालिने गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिनुभयो । त्यस्तै लामाचौरबाट नर्कु जोड्ने अर्को सडक खण्डको काम सुरु गरिएको छ । रु ५ करोड ५० लाखमा सो सडक निर्माण कार्य थालिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकाको सिमाना भालुलेक क्षेत्रमा डोजरले हिउँ पन्छाएर सडक निर्माण गरिँदै । जाजरकोट–डोल्पा सडकखण्डको त्रिवेणीमा जोड्न कर्णाली प्रदेश सरकार र मुड्केचुला गाउँपालिकाले सडक निर्माण गरिरहेका छन् । यस क्षेत्रमा प्रायः हिउँ परिरहन्छ । भालुलेक हिमालको उच्चबिन्दु ५,४२५ मिटर छ । तस्वीर हेमन्त केसी

कालिका गाउँबाट नर्कु आउने सडकको काम समेत सुरु भएको छ । आन्तरिक सडक निर्माणको कामलाइ तिव्रता दिइएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको आफ्नै डोजरबाट सडक निर्माण तिव्र बनाएको हो । भौतिक पूर्वाधार कार्यालयले समेत यो क्षेत्रको मुख्य सडकमा काम गरिरहेको कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्लले जानकारी दिनुभयो । स्थानीय सरकारको सहयोग र हाम्रो निरन्तरको प्रयास पछि त्यहाँ मुड्केचुलामा सडक पुगेको उहाँले बताउनुभयो ।





error: Content is protected !!