बेलिब्रिज निर्माण नगरी भागे ठेकेदार

– नन्दा शाही
जाजरकोट ः जाजरकोट –डोल्पा सडक खण्डको बीचमा रहेको बेलिबि्रज पुलहरु पुस मसान्त भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको ठेकेदारले आधा काम गरेर भाग्दा पुल निर्माण अलपत्र परेको छ ।

यस खण्डको नलगाड नगरपालिका – ७ नलगाड नदी र झुर्मेखोलामा बेलिबि्रज पुल बनाउने ठेक्का लिएको निर्माण व्यवसायी काम बीचमै छाडेर सम्पर्कमा नआएपछि पुल निर्माण कार्य बीचमै अलपत्र परेको हो । तोकिएको समय भन्दा करिव पाँच महिना ढिला भइसक्दा सम्म निर्माण व्यवसायी आधा काम गरेर सम्पर्कमा नआएपछि कारवाही प्रकि्रया अगाडी बढाउन सडक डिभिजनलाइ दवाव परेको छ । वर्षा लाग्न केही समय मात्र बाँकी रहदा सम्म पुलको काम सुरुवात नगर्ने निर्माण व्यवसायीलाई सडक डिभिजन चौरजहारीले पटक , पटक ताकेता गर्दा पनि सम्पर्कमा आउनुको साटो बिभिन्न बहाना बनाउदै पनि्छने गरेको कार्यालयले प्रतिकि्रया दिएको छ । यातायातका साधन सञ्चालनमा लागि बनाउन लागिएको यो पुल आधा काम गरेर विगत पाँच महिना भन्दा लामो समय देखि सम्पर्कमा नरहेको नलगाड नगरपालिकाले जनाएको छ ।

यि पुल निर्माण नभए वर्षायाममा जाजरकोट – डोल्पा सडक खण्ड अवरुद्ध हुँने गर्दछ । छेडागाडको बेलिबि्रज पुल निकालेर झुर्मेखोला र नलगाड नदीमा जोड्दा छिटो हुँने भएकाले यो कार्य अगाडी बढाएको भएपनि ठेकेदारका कारण समय झनै लमि्बएको सरोकारवालको भनाइ छ । काम लिने तर बीचमै पेश्की लिएर सम्पर्कमा नरहने निर्माण व्यवसायीको व्यवहारका कारण जनताले विकास निर्माणको अनुभूति गर्न नसकेको भेरी नगरपालिका –१ का नागरिक अगुवा सहदेव बस्नेतले बताउनुभयो । यि पुल निर्माणको ढिलाइका कारण अहिले नलगाड नदीमा काठको लाप्को लगाएर यातायातका साधनहरु मुसि्कलले वारपार गरिरहेको यातायात व्यवसायी नवराज सिंहले बताउनुभयो ।

यो सहित यस सडक खण्डमा १३ वटा पुल निर्माण हुँदैछन् । मुखमै रहेको पुल निर्माण कार्यको ढिलाइले अन्य पुल निर्माणमा बाध्य पुगेको बताएको छ । त्यस्तै नलगाड जलविद्युत आयोजना , ४०० केभी प्रशारण र ताँसुगाड जलविद्युत आयोजना निर्माणका लागि लिनुपर्ने सामग्री ठिक ठाउँमा लिन पुल नै बाधक बनेको आयोजनाका इनि्जनियर पदम थापाले जानकारी दिनुभयो ।

पुल निर्माणको ढिलाइका सम्वन्धमा निर्माण व्यवसायी रमेश जंश शाहसँग सम्पर्क गर्न खोज्दा १० पटक सम्म टेलिफोन रिसिभ नगर्दा प्रतिकि्रया लिन सकिएन । समयमै काम नगर्ने निर्माण व्यवसायीलाइ कडा कारवाही गर्नुपर्ने माग सर्वत्र उठेको छ ।
हेमन्त केसी





error: Content is protected !!