रारा विद्यालयको रामकहानी ः आफै धामी , आफै बोक्सी

डोल्पा ः न्यायिक समिति , आम अभिभावक र विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय फेरी न्यायिक समितिले उल्टाउदा रारा आधारभुत विद्यालय मुड्केचुला ८ डोल्पामा तालाबन्दी गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिको संयोजक समेत रहेकी सविताकुमारी रोकायका श्रीमान लोकमान बुढा रारा आधारभुत विद्यालयका प्रधानाध्यापकबाट बखास्त भएपछि विद्यालयको खाता न्यायिक समितिकै पहलमा रोक्का गरिएको छ ।

२०७७ चैत ४ गते अभिभावक ,विद्यालय व्यवस्थापन समितिको भेलाले कार्यसम्पादन तथा आर्थिक गतिविधि सन्तोषजनक नभएको भन्दै प्रअ लोकमान बुढालाई हटाउने निर्णय गरेको थियो । सो निर्णयलाई प्रधानाध्यापक बुढाले स्वीकार नगरेपछि चैत ५ गते न्यायिक समितिका संयोजक आफै विद्यालयमा आएर छलफल गराइ प्रधानाध्यापक बुढालाई हटाएर नयाँ प्रअमा केशवबहादुर बुढालाई न्यूक्ति दिने सहमती भएको थियो ।

गाउँपालिकाका उपाध्यक्षद्धारा वडा अध्यक्षमाथी हातपात

नयाँ प्रअ केशर र लेखापाल सुर्यलाल रोकायको नामबाट संयूक्त खाता सञ्चालन भइ काम सञ्चालन भएको केही समय नवित्दै फेरी पुराना प्रधानाध्यापक तथा न्यायिक समितिका संयोजक रोकायका श्रीमान् लोकमान बुढाले न्यायिक समितिसँग उजुरी दिई खाता रोक्का गर्न आग्रह गरेपछि अहिले विद्यालयको खाता रोक्का हुँदा शिक्षकले तलव वुझन नपाएको गुनासो गरेका छन् ।
आमभेला तथा न्यायिक समितिका संयोजककै उपस्थितीमा संयूक्त रुपमा भएको छलफलबाट गरिएको निर्णय गाउँपालिकाको शिक्षा शाखाबाट प्रमाणीत भइ कार्य सम्पादन सुरु भएको केही समय नवित्दै पुन संयोजक रोकायले खाता बन्द गर्दा आफूहरु पीडित भएको भन्दै अहिले विद्यालयमा तालाबन्दी गरिएको अभिभावकले जानकारी दिएका छन् ।

http://himalisuskera.com/news-details/236/i-technepal.com


विद्यालयको तीन वर्ष सम्म सार्वजानिक सुनुवाइ नभएको तथा बुढाले धेरै रकम अनियमितता गरेको आरोप अभिभावकले लगाएका छन् । २०७५ सालमा आइसिटी निर्माणकै लागि गाउँपालिकाबाट उपलव्ध गराएको रु ६ लाख रकमबाट बल्ल यो आर्थिक वर्षमा केही सामग्री खरिद गरिएको अभिभावकले जानकारी दिएका छन् । सो सामग्री खरिद गर्दा रु र २ लाख ६४ हजार बेरुजु निस्केको बताएको छ । विद्यालयको आमभेलाबाट भएको निर्णय भन्दा उल्टो काम गरेको भन्दै विद्यालयमा तालाबन्दी गर्नुका साथै अभिभावकले न्यायिक समितिमा उजुरी दिएका छन् तर सो निवेदन माथी कुनै छलफल भएको छैन ।

 





error: Content is protected !!