गाउँपालिकाका उपाध्यक्षद्धारा वडा अध्यक्षमाथी हातपात

डि शाही
डोल्पा , विद्यालयमा ४ वर्ष देखि सामाजिक लेखा परीक्षण नभएको विषयमा विवाद बढ्दा कार्यापालिकाको वैठक स्थलमै उपाध्यक्षद्धारा वडा अध्यक्षमाथी हातापात भएको छ ।
डोल्पाको मुडकेचुला गाउँपालिका – ८ ओक्ट स्थीत रारा आधारभुत विद्यालयका प्रधानाध्यापक लोकमान रोकायले ४ वर्ष देखि विद्यालयमा सामाजिक लेखा परीक्षण नगरेको भन्दै तत्काल लेखा परीक्षण नगरे सम्म काम कारवाही अगाडी नवढ्ने निर्णय विव्यसले गरेपछि समस्य बल्झिएको थियो ।
विव्यसको निर्णयका आधारमा वडा अध्यक्षले विद्यालयको खाता बन्द गर्न गर्न सिफारिस दिएपछि विद्यालयको खाता रोक्का भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनलाल बोहोराले बताउनुभयो । पटक , पटक लेखा परीक्षण गरी हिसाव देखाउन प्रधानाध्यापक लोकमानलाई भने पनि आफ्नो श्रीमती उपाध्यक्ष अर्थात तिमीहरु भन्दा ठुलो मान्छे छ भन्दै धम्की दिदै कसैलाई नटेर्ने भएपछि समस्य आएको आरोप लगाएको छ । जति भनेपनि नटेरेपछि वडा नं ८ का वडा अध्यक्ष लमबहादुर रोकायले विव्यसको सिफारिसका आधारमा शिक्षा ईमाईले खाता रोक्का गरेपछि उपाध्यक्ष सविता कुमारी रोकायले वडा अध्यक्ष लमबहादुर रोकाय माथी हातपात गरेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।
लोकबहादुर रोकाय गाउँपालिकाका उपाध्यक्ष सविताकुमारी रोकायका श्रीमान् हुन् । श्रीमान्को पढाउने विद्यालयमा वडा अध्यक्षले खाता रोक्का गर्ने सिफारिस दिएपछि श्रीमान्को पक्षमा लागेर असार २७ गते कार्यापालिकाको वैठकमै उपाध्यक्षद्धारा हातपात भएको वडा अध्यक्ष लमबहादुर रोकायले बताउनुभयो । आज मात्र उपाध्यक्ष नै संयोजक भएको न्यायिक समितिमा न्याय पाउँ भनी वडा अध्यक्ष लमले उजुरी दत्र्ता गरेका छन् । श्रीमान्को विद्यालयको खाता रोक्का गरेको भन्दै ज्यान लिने धक्की दिईरहेको वडा अध्यक्ष लमबहादुर रोकायले बताउनुभयो ।
गाउँपालिकाको कार्यालयले दिएको जानकारी अनुसार श्रीमान्को पक्ष लिदै उपाध्यक्षले योजना अनुगमण देखि सवै काम गर्न छाडेको बताएको छ । योजना अनुगमण तथा निरीक्षणको संयोजक उपाध्यक्ष हुँने भएपनि सवै काम ठप्प भएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । अहिले जसले हातपात गरेको छ , उसैसँग न्याय माग्न जाँदा समस्य भएको वडा अध्यक्ष लमबहादुर रोकायले बताउनुभयो । न्याय नपाए अदालत जाने उहाँको भनाई छ । गाउँपालिकाका अपाध्यक्षलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुँन सकेन ।










