एमाले अध्यक्ष ओलीले खोसे माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् । तर बैठकको एक साताअघि नै आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् । बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका नेताहरु हुन् ।
यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।
कसको जिम्मेवारी के तोकियो ?
प्रदेश १
इन्चार्ज ः सुवासचन्द्र नेम्वाङ
अध्यक्ष ः देवराज घिमिरे
सचिव ः विनोद ढकाल
प्रदेश २
इन्चार्ज ः सत्यनारायण मण्डल
अध्यक्ष ः प्रभु साह,
सचिव ः सुमन प्याकुरेल
बाग्मती
इन्चार्ज ः रामबहादुर थापा बादल
अध्यक्ष ः आनन्द पोखरेल
सचिव ः खेम लोहनी
गण्डकी
इन्चार्ज ः पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष ः जगत विश्वकर्मा
सचिव ः गोविन्द नेपाली
लुम्बिनी
इन्चार्ज ः शंकर पोखरेल
अध्यक्ष ः लीला गिरी
सचिव ः खेममान खड्का
कर्णाली
इन्चार्ज ः यमलाल कँडेल
अध्यक्ष ः गुलाबजंग शाह
सचिव ः धर्मराज रेग्मी
सुदूरपश्चिम
इन्चार्ज ः लेखराज भट्ट
अध्यक्ष ः कर्ण थापा
सचिव ः राजेन्द्र सिंह रावल
विभागहरु
स्कुल विभाग प्रमुख ः केपी शर्मा ओली
संगठन विभाग प्रमुख ः विष्णु पौडेल
विदेश विभाग प्रमुख ः राजन भट्टराई
सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुख ः छविलाल विश्वकर्मा
संसदीय विभाग प्रमुख ः सुवास नेम्वाङ
निर्वाचन विभाग प्रमुख ः विष्णु रिमाल