एमालेमा ओलीको निर्णय ः महासचिवबाहेक सबै पदाधिकारी खारेज, बादल बने वाग्मती प्रदेश इन्चार्ज

काठमाडौं ःनेकपा एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकबाट रामबहादुर थापा ‘बादल’सहित ४२ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको छ । शुक्रबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले अष्टलक्ष्मी शाक्यको ठाउँमा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ ।

त्यसैगरी, बैठकले पार्टीका सबै पदाधिकारी खारेज गरेको छ । अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेलको पद भने कायमै रहेको छ । पार्टीको महाधिवेशन मंसिर २ देखि ६ गतेसम्मका लागि तय गरेको बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।





error: Content is protected !!