निर्वाचन आयोगलाई प्रचण्ड–माधवको पत्र – अविलम्ब नेकपाको विवाद निरुपण गरी पाऊँ

काठमाडौं ः नेकपा प्रचण्ड–माधव समूहले नेकपाको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरु आयोग पुगेका थिए । ‘तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेर निवेदन दिएका छौं’ पाण्डेले भने ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार आयोगको बैठक बस्ने र त्यही दिनबाट प्रक्रिया सुरु गर्ने आश्वासन दिएको पाण्डेले जानकारी दिए ।





error: Content is protected !!