नेपालमै उत्पादन भएको धानको भात खाँदैनन् नेपाली

काठमाडौँ ः कृषि प्रधान मुलुक भएपनि वर्सेनी चामलको आयात भने बढ्दो क्रममा छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र ३० अर्ब ७० करोड ७४ लाख ३५ हजार रुपैयाँको चामल आयात भएको छ । यो गतवर्षको तुलनामा ११ अर्ब ५२ करोड २४ लाख ९६ हजार रुपैयाँले बढी हो ।

गतवर्ष सोही अवधिमा १९ अर्ब ५ करोड ४९ लाख ३९ हजार रुपैयाँको चामल आयात भएको थियो । सरकारले कृषि क्षेत्रमा आत्मानिर्भर भइरहेका छौँ भनि रहँदा खाद्यन्नको आयात घट्नुका सट्ट बढी रहेको छ । उसो त चालु आर्थिक वर्षमा अहिले सम्मकै धेरै धान उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा मुलुकभर ५९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । तर, पनि चालु आर्थिक वर्षको सात महिनामा नै चामलको आयात गतवर्षको भन्दा ११ अर्ब ५२ करोड २४ लाख ९६ हजार रुपैयाँ बढी भएको छ । अहिलेको अवस्थालाई हेर्दा चालु आर्थिक वर्षमा चामलको आयात मात्र करिब ५० अर्बको हुने देखिन्छ ।

कृषि तथा पुशपन्छि विकास मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले पछिल्लो समय स्वदेशमा धान उत्पादन बढी हुँदा पनि चामल आयात बढ्नुमा तीनवाट मुख्य कारण रहेको बताए । उनको भनाई अनुसार पहिलो त नेपालीहरुमा मसिना चामल खाने बानी बढेको छ, दोस्रो यथार्थ तथ्यांक नहुनु र भारतीय व्यापारीले सिमा क्षेत्रका किसानबाट धान काट्नु भन्दा पहिले नै खेतबाटै धान खरिद लिनु रहोको छ ।

‘नेपालीहरुले खाने बानीमा परिवर्तन ल्याउने हो भने स्वदेशमा उत्पादन भएको खाद्यन्नले नेपालीहरुलाई खान पुग्छ । विदेशबाट खाद्यन्न आयात गर्नै पर्दैन ।’

यस्तै विभिन्न कारणले गर्दा स्वदेशमा धान उत्पादन बढे पनि चामलको आयात बृद्धि हुँदै गएको हो । उनी भन्छन् ‘नेपालीहरुले खाने बानीमा परिवर्तन ल्याउने हो भने स्वदेशमा उत्पादन भएको खाद्यन्नले नेपालीहरुलाई खान पुग्छ । विदेशबाट खाद्यन्न आयात गर्नै पर्दैन ।’ नेपालीलाई खानको लागि स्वदेशमै प्रप्यात खाद्यन्न उत्पादन हुने उनको भनाई छ ।

‘नेपालमा वार्षिक ९२ देखि ९६ लाख मेट्रिक टन खाद्यन्न नेपालीलाई आवश्यकता पर्छ । आवश्यकता भन्दा धेरै १ करोड ४ लाख मेट्रिक टन खाद्यन्न उत्पादन हुन्छ ।’ उनले भने । तर, पनि खाद्यन्नका लागि वर्षेमा अरबौँको खाद्यन्न आयात हुन्छ, ।’

भाते नेपाली
नेपालीहरुमा खानामा भात मात्र खाने बानीका कारण चामलको आयात धेरै भएको घिमिरेको भनाई छ । ‘खाने बानीमा परिर्वतन ल्याएर स्वदेशमा उत्पादन भएको गहुँ, जौँ, कोदो, फापर लगायतका खाद्यन्न खाने हो भने खाद्यन्न आयात गर्नु पर्दैन ।’ नेपालमा मसिना चामल थोरै उत्पादन हुन्छ ।

सबैले स्वदेशमै उत्पादन भएको मोटा र मध्यम खालको चामल नै खाइदिने हो भने वर्सेनी यति ठुलो रकम नबाहिरीने उनको भनाई छ । ‘अधिकाशं मान्छेहरुले बेलुकी खानामा रोटी खाँदै खाँदैनन् । कतिले त रोटीलाई खानाको रुपमा नै लिदैनन् । खाजाको रुपमा मात्र रोटी खाने गर्दछन् । त्यसकारण चामलको आयात बढ्दै गएको छ ।’ घिमिरेले भने ।

यसैगरी तराई क्षेत्रमा उत्पादन भएको धान सिमा क्षेत्रका भारतीय व्यापारीहरुले धान खरिद गरेर लिने र फेरी धानलाई प्रशोधन गरी चामल नेपालमा नै पठाउने हुँदा धान उत्पादन बढे पनि भन्सारबाट चामल आयात बढी नै भएको देखिने उनको प्रवक्ता डा घिमिरेको भनाइ छ





error: Content is protected !!