पत्रकार खशोग्गीको हत्याको निर्देशन साउदी राजकुमारले दिएका थिए अमेरिकी रिपोर्ट

काठमाडौँ ः अमेरिकाले साउदी पत्रकार जमाल खशोग्गीको हत्याको निर्देशन सादुई राजकुमार मोहमद बीन सलमानले दिएको रिपोर्ट सार्बजनिक गरेको छ ।

पत्रकार खशोग्गीको २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी कन्सुलेटमा हत्या गरिएको थियो । अमेरिकाले रिपोर्टमा राजकुमारले खशोग्गीलाई नियन्त्रणमा लिन या मार्ने योजनामा सहमति जनाएको उल्लेख गरेको छ ।

साउदी राजकुमारले पत्रकार खशोग्गीको हत्यामा आफ्नो हात नरहेको दाबि गर्दै आएको बेला अमेरिकाले यस्तो रिपोर्ट सार्बजनिक गरेको हो ।

अमेरिकाले खशोग्गी प्रकरणमा यो रिपोर्ट सार्बजनिक गरेपछि अमेरिका(साउदी सम्बन्धमा असर पुगें विश्लेषण हुन थालेको छ ।

यद्यपी बाइडेन प्रशासनले राजकुमारको यस प्रकरणमा हात रहेको बताएपनि उनलाई दोषी करार भने गरेको छैन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले रिपोर्ट सार्बजनिक पछि घटनामा संलग्न ७६ जनालाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । जसमा राजकुमारको नाम समावेश गरिएको छैन ।




सम्बन्धित समाचार


error: Content is protected !!