दुई ट्रक जडिबुटी बरामद

सल्यान ः इलाका प्रहरी कार्यालय सल्लीबजारले दुईवटा ट्रकमा नेपालगन्ज लैजान लागिएको अवैध जडिबुटी बरामद गरेको छ । जाजरकोटबाट नेपालगन्ज जाँदै गरेका ना–४ ख ६४१३ र ना–८ ख ५४३ नम्बरको ट्रकसहित जडिबुटी बरामद गरिएको हो ।ट्रकमा पाखनबेद, कालिकाठको दाना, बोझो, पदमचाल, टिमुर, तेजपातलगायतका जडिबुटी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फर्जी पूर्जी बनाएर बाहिर लैजाँदै गरेको अवस्थामा ट्रकसहित जडिबुटी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार ठेकेदार रामप्रसाद चौलागाईंलाई पनि नियन्त्रणमा लिइएको छ ।

‘पुर्जीमा एक थरी सामग्री उल्लेख भए पनि जुटका बोरामा जडिबुटी भेटियो,’ उनले भने, ‘मुचुल्का उठाइरहेकोले परिमाण र अनुमानित रकम खुल्न सकेको छैन ।’





error: Content is protected !!