वामदेव गौतम बालुवाटारमा

काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्न उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

स्रोतका अनुसार अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल भइरहेको छ । पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ

एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।





error: Content is protected !!