पौडेललाइ निकुन्जबाट सरुवा गरे लगत्तै सुरु भयो तमासा ः शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाटो खन्न निकुञ्जकै अवैध अनुमति

डोल्पा ः डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्येवर्ती क्षेत्रमा सडक खन्नकालागि निकुञ्ज कार्यालयले नै अवैध अनुमति दिएको पाइएको छ ।
उत्तरी क्षेत्रमा अन्तर्गत डोल्पोबुद्ध गाउँपालिकामा पर्ने क्याटो देखि साल्दाङ्गहुँदै धो सम्म र सिमेन्ट देखि कोमास हुँदै साल्दाङ्गसम्म सडक हेलिकप्टरमा डोजर लैजाने सहमति दिएर अवैध अनुमति दिएको पाइएको हो ।
निकुञ्ज तथा मध्येवर्ती क्षेत्रमा पर्ने जुनसुकै विकास निर्माणकालागि वन तथा वातावरण मन्त्रालयको अनुमति लिनुपर्ने र त्यसपछिमात्रै हेलिकप्टर लिन पाउने कानुनि व्यवस्था छ ।
वन तथा वातारण मन्त्रालयको अनुमतिनै नआएर सहमतिको आशय दिने पत्र लेखेर धो उपत्यकाकालागि श्री एयरको हेलिकप्टर उडाइएको तत्कालिन निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए ।
“धो मा हेलिकप्टर लैजाने सहमति दिन भन्दै पुर्वाधार कार्यालय र ठेकेदारले पटक–पटक लिखित र मौखिक अनुरोध गरेका थिए,मैले बाटो खन्ने अनुमति दिएको वन तथा वातावरण मन्त्रालयको वातावरण प्रभाव मुल्याङ्कन सहितको पत्र खोजेर रोकेको थिए तर म काठमाण्डौ हुँदा मलाइ थाहैँ नदिइ सहमतिको आशय दिने पत्र दिइएछ”पौडेलले भने ।
“आफु कार्यालय प्रमुखहुँदा तत्कालनै जानकारी हुनुपर्नेमा करिब डेड महिना पत्र गुपचुपमा राखियो,यसबाट पनि नियोजित तरिकाले म नभएको बेला निमित्त प्रमुख बन्नुभएका गोपाल खनालले हेलिकप्टर उडानको अनुमति दिएको प्रष्ट हुन्छ ।”
पुर्वाधार बिकास कार्यालयलाइ लेखेको पत्रका बिषयमा हिजोमात्र थाहा पाएको बताउँदै यस बिषयमा निकुञ्ज सुरक्षार्थ बसेको सेनाको तत्कालिन इश्वरी बक्स गुल्मलाइ बुझ्दा कुनै पनि जानकारी नपाएको बताएको पौडेलको भनाइ छ ।
केही दिन अघिमात्रै पौडेलको सरुवा चितवन राष्टिय निकुञ्जमा भएको छ ।उनि रमाना बुझेर गइसकेको बताइएको छ । निकुञ्जले कुनै जानकारी सेनालाइ नदिएको र सहमतिका बिषयमा ठेकेदारलाइ बुझ्दा निकुञ्जले सहमति दिएरमात्र उडाएको बताएको इश्वरी बक्स गुल्मले जनाएको छ ।
श्री एयरलाइन्सको ठुलो हेलिकप्टरले सेना र निकुञ्जका कर्मचारीद्धारा चेकजाँच नगराएरै डोजर बोकेर उपल्लो डोल्पा लिएको सेनाको भनाइ छ ।
खनाल भन्छन् सहमति दिइएको छैन्
कार्यालय प्रमुख काठमाण्डौ हुँदा पत्र दिएको भन्दै आरोप लागेका गोपाल खनालले आफुले हेलिकप्टर उडानका लागि कुनै पनि प्रकारको सहमति नदिएको बताए ।
निकुञ्ज कार्यालयले पुर्वाधार विकास कार्यालयलाइ संरक्षण क्षेत्रमा हेलिकप्टर उडानकालागि आवाश्यक कानुनि व्यवस्था र तिर्नुपर्ने राजश्वका बिषयमा जानकारी दिने पत्रमात्र लेखेको उनले बताए ।
“पत्रमा जानकारी सम्बन्धमा भनेर प्रष्ट भनिएको छ,सहमति दिइएको छैन्,पत्र बिस्तृत रुपमा अध्ययन गर्दाहुन्छ”खनालले भने ।
सिडियो भन्छन निकुञ्जका पत्रका आधारमा हेलिकप्टर उड्यो
शे–फोक्सुण्डो निकुञ्ज कार्यालयले कुनै सहमति नदिएको बताइरहँदा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालले निकुञ्जको सहमतिका आधारमा हेलिकप्टर उडानको अनुमति दिएको बताए ।
“जिल्लामा हेलिकप्टर उडानकालागि गृह मन्त्रालयको अनुमति दिनुपर्छ,निकुञ्ज क्षेत्रमा उडान गर्नुपर्दा गृहको अनुमतिसँगै निकुञ्जको सहमति समेत आवाश्यक पर्दछ,निकुञ्जले दिएको पत्रका आधारमा हेलिकप्टर उडानको अनुमति दिइएको हो”प्रजिअ ढकालले भने । निकुञ्जको सहमति पत्र आउन्जेलसम्म आफुले उडान गर्न नदिएको प्रजिअ ढकालको भनाइ छ ।
सहमति बिना उडाए हेलिकप्टरलाई कारवाही हुन्छ महानिर्देशक निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान गर्दाखेरी निकुञ्जको सहमति सँगै निकुञ्ज र सेनाका कर्मचारीद्धारा चेकजाँच आवाश्यक रहेको राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक दिपक खरालले बताए ।
धो मा हेलिकप्टर उडानको बिषयमा लेखिएको पत्र विभागमा पनि प्राप्त भएकाले उक्त पत्रको ब्यहोरामा सहमति भनेर नलेखि जानकारी भनिएकाले यस बिषयमा छलफल गर्ने महानिर्देशक खरालको भनाइ छ ।
निकुञ्ज क्षेत्रमा गरिने मर्मत सम्भारका साना काम बाहेक अन्य विकास निर्माकालागि वन तथा वातावरण मन्त्रालयको अनुमति आवाश्यक रहेको खरालले बताए ।
यो बिषय अब सोधखोजको दायरामा आइसकेकाले गलत नियत देखिए कारवाहीहुने खरालको भनाइ छ । श्री एयरलाइन्सलाइले निकुञ्जको सहमति,चेकजाँच र राजश्व नतिरेरुै त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने चुँ गाडबाट डोजर बोकेर धो उडान गरेको निकुञ्जले जनाएको छ ।
शे–फोक्सुण्डो निकुञ्जद्धारा श्रीएयरको हेलिकप्टरलाइ सात दिनभित्र जवाफ पेश गर्न निर्देशन
डोल्पा ः डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले श्रीएयरको हेलिकप्टरलाइ सात दिन भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ । उक्त कम्पनीको हेलिकप्टरले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीलाइ चेकजाँच नगराइ र निकुञ्ज कार्यालयमा नियमानुसार राजश्व नबुझाएरै उपल्लो डोल्पामा पर्ने धो मा हेलिकप्टर उडान अवतरण गरेको भन्दै सात दिनभित्र जवाफ पेश गर्न निर्देशन दिइएको निकुञ्जले जनाएको छ ।
धो क्षेत्रमा के कति प्रयोजनकालागि कसको अनुमतिलिइ हेलिकप्टर उडाइएको हो,सुरक्षार्थ खटिएका निकुञ्जका सेना र कर्मचारीद्धारा चेकजाँच नगराइ,नियमानुसार राजश्व नबुझाइ उडान अवतरण गर्नुको कारण केहो भनेर पत्रमा खुलाइएको छ ।
उक्त पत्रलाइ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र इश्वरी बक्स गुल्म सुलिगाडलाइ बोधार्थ दिदै इमेलमार्फत श्रीएयरलाइन्सको कार्यालयमा पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।

सात दिन भित्र स्पष्ट जवाफ पेश नगरे कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडि बडाइने समेत उल्लेख गरिएको छ ।
श्रीएयरको हेलिकप्टरको धो मा सडक खन्ने प्रयोजनकालागि २९ माघमा त्रिपुरासुन्दरी नगपालिकाको चुँ गाडबाट डोजर बोकेर उपल्लो डोल्पा पु¥याएको थियो ।
ठेकेदारले निकुञ्जले दिएको सहमतिका आधारमा हेलिकप्टर उडाएको दाबी गरेपनि निकुञ्जले कुनै सहमति नदिएको स्पष्ट पारेको छ ।










