थापालाई १९ बर्षपछि पक्राउगरी जेल चलान

जाजरकोट ः प्रहीले जिल्ला अदालतले दोषी ठहर गरेका नलगाड नगरपालिका–३ का बहादुर थापा लाई १९ बर्षपछि पक्राऊ गरेको छ । प्रहरीले शुक्रबार खटिएर गएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले ५० बर्षिय थापालाई पक्राउगरी आईतबार जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले जानकारी दिएका छन् ।
जिल्ला अदालत जाजरकोटले १८ असार २०५८ को फैसलाले पुरातात्विक बस्तु ओसार–पसार मुद्धामा प्रतिवादी थापालाई एक बर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो । दोषी थापा हालसम्म फरार थिए । जिल्ला अदालतले गरेको निर्देशन अनुसार थापालाई कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।



