स्थानीय तहसँग सम्झौता गरि जनसाधारणबाट रकम असुल्ने ठग पक्राउ

हेमन्त न्यौपाने

जाजरकोट , ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको अनुदान सहयोगमा ८० वाटको सोलार र तीन मुखी फलामको चुलो दिने भन्दै गाउँ , गाउँमा रकम असुल गर्ने गिरोह पक्राउ परेको छ ।


मुल्य रु २५ हजार पर्ने उक्त सोलारलाई २१ हजार २ सय ५० ग्रामिण विकास विकास कार्यक्रमबाट र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको सहकार्यमा भुक्तानी हुँने र बाँकी रु ३ हजार ७ सय ५० रुपैयाँ ग्राहकले अग्रिम भुक्तानी गर्नुपर्ने भन्दै जाजरकोट , डोल्पा , कालीकोट र रुकुमका सर्वसाधारणबाट रकम असुल्दै आएका चार जना पक्राउ परेका छन् ।

आज वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले एक विज्ञप्ति प्रकाशित गरि ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नामक संस्था र अमन अन्टेरियन एण्ड डेकोरशेन बिजनेस गुपसँग कुनै सम्वन्ध नरहेको उल्लेख गरेपछि ठगी भइरहेको तथ्य सार्वजानिक भएको हो । अहिले जाजरकोटका नलगाड नगरपालिका , बारेकोट गाउँपालिका लगाएतमा गाउँमा सो रकम असुल्दै फारम भर्ने क्रम बढीरहेको छ । ग्रामिण विकास तथा क्लीन इन्भरमेन्टको कार्यक्रम सञ्चालक हरिप्रसाद प्याकुरेल ( प्रवन्धक)को हस्ताक्षर , अमन अन्टेरियन एण्ड डेकोरशेन बिजनेस गुपका यगप्रसाद रेग्मी (प्रवन्धक)ले हस्ताक्षर गरेको सम्झौता पत्रमा अमन अन्टेरियन एण्ड डेकोरशेन बिजनेस गुपले सोलार र चुलो वितरण गर्ने उल्लेख छ ।


अमनकै खातामा स्थानीयले अग्रिम पैसा जम्मा गर्न समेत उल्लेख गरिएको छ । बारेकोट र नलगाड नगरपालिकामा यो समुहले सम्झौता गरेर धमाधम रकम असुल गरिरहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जुम्ला चन्दननाथ नगरपालिका ९ घरभई , बाँके नेपालगन्ज उनपा– १८ विशालचोक बस्ने २४ बर्षीय एगप्रसाद रेग्मी ,३३ बर्षीय लक्ष्मीप्रसाद हमाल , जाजरकोट बारेकोट १ रामीडाडा ४० बर्षीय हरिचन्द्र बस्नेत र ३३ बर्षीय मानबहादुर मतहारा रहेका स्रोतले बताएको छ ।

शनिबार उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुबाट ४ लाख भन्दा बढी रकम बरामत गरिएको छ । डकुमेन्ट समेत बरामत भएको छ ।





error: Content is protected !!