प्रचण्डको दाबी ः संसद् ज्युँदै छ, सांसदहरू ज्युँदै छौँ

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् ज्युँदै रहेको दाबी गरेका छन् ।

आफ्नो पक्षका विघटित संसद्को सांसदहरूको भेलामा उनले संसद् विघटन नभएका कारण सांसदहरू ज्युँदै अवस्थामा रहेको बताएका हुन् ।

उनले २०५१ को अनुभवलाई र त्यसपछिको अभ्यासलाई हेरेर प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने प्रावधान संविधानमा नै राखेको अवस्थामा अहिले प्रधानमन्त्रीले संसद् विघटन गर्नै नसक्ने बताएको स्रोतले जनाएको छ ।

उनले भने, ‘०५१ पछिको अवस्था मनन् गर्दै प्रधानमन्त्रीले संसद् भंग गर्न नपाउने भनी प्रावधान राख्यौँ, तर अहिले विघटन गरियो, त्यसैले यो गरिएको कार्य संविधानअनुसार छैन ।’

उनले थपे, ‘त्यसैले हामी कोही पनि मरेका छैनौँ, हामी ज्युँदै छौँ, सांसदहरू पनि ज्युँदै छौँ । संसद् चल्छ ।’

दाहालले प्रधानमन्त्रीलाई संसद् भंग नगर्नु भन्दाभन्दै गर्नुभयो ।उनले चिटिङ गरेर यस्तो निर्णय गरेको बताए ।





error: Content is protected !!