संसद सचिवालयमा बदमासी ः टिपेक्स लगाएर कसले सच्यायो समय ?

काठमाडौं । संघीय संसदमा आईतबार प्रधानमन्त्री केपी ओली विरुद्ध ९० सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भयो ।
दर्ता भएको समयलाई लिएर अहिले पनि विभिन्न भनाईहरु आईरहेका छन् । तर संसद सचिवालयमा दर्ता भएको दर्ता कितार, महासचिव डा। भरत गौतमले लेखेको समय र सभामुख अग्नि प्रसाद सापकोटाकोमा पुगेको समयमा भने एउटै व्यहोरा छ । सभामुखको सचिवालय र दर्ता गर्ने नेकपाका नेताहरुले १०ः३० मा प्रस्ताव दर्ता गरेको बताएपनि कतिपयले भने ३ः३० बजे दर्ता भएको बताएका थिए ।
समय कुन चैं आधिकारिक हो भन्ने विषयमा संसदका प्रवक्ता रोजनाथ पाण्डेको फरक फरक धारणा आएको छ । उनले सुरुवातमा १०ः३०मा दर्ता भएको बताएका छन् भने पछि सच्याएर ३ः३० बजे दर्ता भएको बताएका छन् । संसद सचिवालयमा दवाव परेपछि पाण्डेले भनाई सच्याएको हुनसक्ने नेकपा बहुमत पक्षको दावी छ ।
समाचार दैनिकबाट साभार ।








