कम्युनिष्टको लाल किल्ला डोल्पामा कांग्रेसको प्रर्दशन

विष्णुप्रसाद देवकोटा
डोल्पा – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस डोल्पाले सरकारको जनविरोधी कामको विरोध गर्दै सोमबार डोल्पाको सदरमुकाम दुनैमा बृहत विरोध प्रर्दशन गरेको छ ।वर्तमान ओली सरकारलाई भरष्टचार कुशासन र अधिनाकवादीशैलीको आरोप लगाउदै काँग्रेसले डोल्पामा विरोध प्रदर्शन गरेको हो ।

८ ओटा स्थानीय तह रहेको डोल्पाका ग्रामिण बस्तीहरुबाट स्वस्र्फुत सयौको संख्यामा आएका काँग्रेसका नेता कार्यकर्ताहरुले सर्वसत्तावाद ओली सरकार मुर्दावाद,भरष्टचारी सरकार मुर्दावाद भन्ने नारा लगाउदै दुनै बजारको परिक्रमा गरि विरेन्द्र चोकमा आएर कोण सभाको आयोजना गरेका थिए ।नेपाली काँग्रेसका केन्द्रिय सदस्य कर्णबहादुर बुढाको प्रमुख आतिथ्य तथा सभापति अंगत बुढाको सभापतित्वमा विरोध सभा गरेको हो ।नेपाली जनताको अथकआन्दोलनबाट प्राप्त गरेको संघिय लोकतान्त्रिक साशन ब्यवस्थालाई संस्थगत गर्नुको सट्टा भरष्टचार कुशासन अधिनायकवादी शैली अपनाउदै दमनकारी नीति अख्तियार गदै अगाडि बढिरहेको बताए ।तानाशाहा र हिटलर प्रबृति अनाएर अधिनायकवादी तरिकाले ओली सरकार अगाडि बढ्दा देशमा निानु दिन महिला हिंसा बलात्तकार भरष्टचारका घटना बढ्दै जानुका साथै ओलीको केन्द्रिय सर्वसत्तावाद अधिनायकवादी शैलीको सिको गरेर स्थानीय तहमा रहेका नेकपाका छोटे भरष्टचारी राजाहरुले पनि नियम कानूनलाई समेत मिचेर भरष्टचार गरिरहेको केन्द्रिय सदस्य बुढाको भनाई थियो ।

नेपाली काँग्रेस डोल्पाका सभापति अंगत बुढाले कोण सभालाई सम्बोधन गर्ने क्रममा विश्व महामारीको रुपमा सृजित कोरोनाको नाममा ओली सरकार र उनका छोटे राजाहरुको देश लेट्ने भरिलो माध्यम बनेको बताए ।आफु विगत देखि जिल्लामा भइरहेको भरष्टचार विसंगती र कुशासनको विरुद्द लड्दै आइरहेको र जनताको हित विपरित हुने कुनैपनि किसमिको सम्झौतामा आफुले आफ्नो स्वाभिमानी नविग्ने बताए ।जिल्ला गाउँ र वडामा नेकपाका कार्यकर्ताहरुले गरेको भरष्टचार विकृति र विसंगतीका विरुद्द आवाज अठाउने नेपाली काँग्रेसका कार्यकर्तामाथि नेकपाका नेता तथा कार्यकर्ता र प्रशासनले गर्ने अन्याय विरुद्द सिँगो नेपाली काँग्रेस लाग्ने पनि सभापति बुढाले बताए ।नेपाली काँग्रेस अव नेकपाको दुई तिहाइको दम्बको रुपमा गरिने कुशासन भरष्टचार र अधिनायकबादी शैलीको चुपलागेर नबस्ने बताउदै हरेक नराम्रा कामको भण्डाफोर गर्दै हिड्ने बताए ।

नेपाली काँग्रेसका बरिष्ठ नेता पुर्वं उपप्रधानमन्त्री रामचन्द्र पौडेल माथि तनहुमा गरिएको दुब्यवहार ओली सरकारको अधिनायवादी चरित्रको नाङ्गो नाच भएको र ओलीको खोक्रो राष्टबादी नारा जनताले चिनिसकेकाले आगामी सरकार नेपाली काँग्रेसको बहुमतको सरकार हुने र जिल्लामा पनि काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने दावी गरे ।विरोध कोण सभालाई नेपाली काँग्रेसकी नेतृ तथा पुर्व सासंद दुधकुमारी हमाल,पुर्वपार्टी सभापति टंकप्रसाद उपाध्याय महासमिति सदस्य गौरी शंकरउपाध्याय दिलबहादुर विष्ट तरुणदल अध्यक्ष तुलबहादुर बोहरा लगायतले ओली सरकारको जनविरोधी कार्यको विरोध गरेका थिए ।





error: Content is protected !!