पुनः निर्माणको काम असारभित्र सम्पन्न गर्ने ः प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

सुशीला रेग्मी

रामपुर (पाल्पा) राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भुकम्पले क्षति पु¥याएको भौतिक संरचना तीव्र गतिमा पुनः निर्माण भइरहेको बताउनुभयो ।

पाल्पाको रामपुर नगरपालिका ७ स्थित आधारभुत माविमा बन्न लागेको नौ कोठे पक्की भवनको सोमवार शिलन्यास गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले २०७२ सालको भुकम्पले क्षति पुगेका संरचनामध्ये हालसम्म ९२ प्रतिशत पुनः निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँले पुनः निर्माण प्राधिकरणले यस आर्थिक वर्षको असारभित्र काम सम्पन्न गरेर अर्को आर्थिक वर्षको पुष महिनामा हस्तान्तरण गर्ने योजनाका साथ पुनः निर्माणको काम तीव्र गतिमा अगाडी बढाएको बताउनुहुन्छ ।

पुनः निर्माण गर्नुपर्ने आठ लाख निजि घरहरुमध्ये करिव ७६ प्रतिशत, विद्यालयतर्फ ८० प्रतिशत, स्वास्थ्यतर्फ ५८ प्रतिशत, सरकारी भवनतर्फ ९० प्रतिशत र पुरातात्विक सम्पदातर्फ ५० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम तीव्र रुपमा भइरहेको बताउनुभयो ।

पाल्पा जिल्लाको ईतिहासमा अहिले छोटो समयमा एकै पटक विभिन्न भौतिक संरचना निर्माणको काम भइरहेको बताउँदै उहाँले अब निजि आवासका घरहरुलाई सम्पन्न गर्ने दिशामा जानुपर्ने बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रामपुर अबको ५० वर्ष पछि ठुलो शहरको रुपमा विकास हुने र त्यसको लागि योजनाबद्ध विकासका काम गर्नुपर्ने र रामपुरको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले एकिकृत योजना बनाएर अगाडी बढ्न उहाँको अनुरोध छ ।

लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले विद्यालय खुल्ने क्रम र पठनपाठन हुने कुरा ठुलो नभई शैक्षिक गुणस्तर बृद्धि हुनु आजको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले शैक्षिक गुणस्तर बृद्धि गर्नु, व्यवहारिक शिक्षा अति आवश्यक रहेको बताउँदै यस आधारभुत माविमा अझैपनि पूर्वाधार सम्पन्न भइनसकेको अवस्था रहेको हुदा पुराना भवनलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगरभित्र भुकम्पबाट प्रभावित भएका विभिन्न विद्यालयमा पुनः निर्माणको काम भइरहेको बताउँदै केही सम्पन्न भएको र केही सम्पन्न गर्न बाँकी रहेको जानकारी दिनुभएको छ ।

संरचना निर्माणमा विभिन्न निकायबाट ठुला ठुला भवनहरु प्राप्त भएको बताउँदै नगर प्रमुख थापाले हिजो स्याउला र खरले छाएको विद्यालय आज पक्की भवनमा संचालन भइरहेका छन्, अब भौतिक संरचना तयार भएपछि शैक्षिक गुणस्तर बृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।

साउदी फण्ट फर डेप्लभमेन्ट प्रोेजेक्टद्धारा दुई करोड नौ लाख २३ हजार नौ सय छ रुपैयाँको लागत सहयोगमा निर्माण कार्य सुरु भएको भवन २०७८ साल माघ १९ गते भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यालयका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सोमवार रामपुर ६ स्थित नवदुर्गा माविमा बन्न लागेको नौ कोठे पक्की भवनको पनि शिलन्यास गर्नुभएको छ । उहाँले रामपुरका विभिन्न पर्यटकिय क्षेत्रको अवलोकन समेत गर्दै रामपुर विकासले सम्भावना बोकेको क्षेत्र भएकाले यसतर्फ तीन तहको सकारको समन्वयकारी भूमिका आवश्यक रहेको बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!