जाजरकोटमा स्वास्थ्य क्षेत्रमा देखिएको भरोसा

हेमन्त न्यौपाने
जाजरकोट , विगत दश वर्षको बीचमा भारी क्षती व्यहोरेको जाजरकोट बल्ल लयमा आएको छ । स्वास्थ्य क्षेत्रमा भएको तिव्र विकासका साथै गाउँमा जोडिएका सडकले यहाँको स्वास्थ्य क्षेत्र सुधारिएको हो ।

कहिले झाडापखाला त , कहिले भाइरलका कारण समस्य भोगिरहने जाजरकोट पछिल्ला दुइ वर्षहरुमा सो दर शुन्यमा झरेको छ । स्वास्थ्य क्षेत्रमा बढेको जनचेतना र राज्यको लगानी भित्रिएपछि जाजरकोटले स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको छ ।


दुइ वर्ष अघि डोकोको सहरामा पिठ्यूमा विरामी बोक्ने जाजरकोटका गाउँहरुमा अहिले यातायातका साधनमै सजिलै सँग स्वास्थ्य संस्था पुग्न थालेको बारेकोट गाउँपालिका स्थित बीरेन्द्र एश्वर्य माध्यमिक विद्यालयमा प्रचार्य गोरखबहादुर सिंहको भनाइ छ । उहाँ भन्नुहुन्छ , “ भर्खरै मात्र १५शैयाको अस्पताल शिलान्यास भएको छ । प्रशासकीय केन्द्र लगाएत तल्लो क्षेत्रमा सडक सञ्जालले छोएपछि आम मानिसहरु सजिलै स्वास्थ्य संस्था जान र आउन सक्ने भएका छन् । ”

पहिले बारेकोटबाट विरामी बोकेर सदरमुकाम ल्याउन दुइ दिन भन्दा बढी लाग्ने गर्दथ्यो उहाँले थप्नुभयो “ अहिले अधिकांश औषधि लिम्सा लगाएत सवै वडामा रहेका स्वास्थ्य संस्थामा पाइने गरेको छ । ” झाडापखालाको समयमा बढी थलिएको बारेकोटमा अहिले स्वास्थ्य सूचक जिल्लाकै एक नम्वर भएको छ । सदरमुकाममा ५० शैयाको अस्पताल निर्माण कार्य सुरु सँगै नयाँ आशाका किरणहरु पलाएको नागरिक अगुवा सहदेव बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ कर्णाली प्रदेशमा ५० शैयाको अस्पताल सुर्खेत पछि जाजरकोटमा निर्माण हुँन लागेको हो । छिमेकी जिल्लामा १५ शैयाको अस्पताल मात्र भएको सन्दर्भमा जाजरकोटमा ५० शैयाको अस्पताल निर्माण कार्य सुरु भएको छ ।”


हालका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री रहदा २०७३ जेठ १० गते ५० शैयामा स्तरोन्नती भएको भनि उद्घाटन गरिएको थियो । अहिले जिल्लाको शिवालय, नलगाड, छेडागाड र बारेकोटमा १५ शैयाको अस्पताल उद्घाटन गरि सेवा सुरु गरिएको छ । स्थानीय सरकारको मताहातमा रहेका स्वास्थ्य संस्थाहरु कस्ले राम्रो बनाउने विषयमा होडवाजी रहेको छ । औषधि पसलको सहारामा चलेको जाजरकोटको स्वास्थ्य सेवा विस्तारै सरकारी सेवाको पकडमा आएको आम नागरिकहरु बताउँछन् ।

धामी, झाँक्रीको भरोसा मान्ने समाज स्वास्थ्य सेवा प्रति विश्वस्त हुँदै आएको छ । असुरक्षित तरिकाले गोठहरुमा सुत्केरी हुँन बाध्य पर्ने जाजरकोटको कुन कन्दराका गर्भवती महिलाहरु अहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुँदा सो दर समेत ह्वात्तै बढेको स्वास्थ्य सेवा कार्यालयको तथ्यांकले बताएको छ ।

अन्य क्षेत्र भन्दा स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सवै सरोकारवाला सहमत मात्र भएका छैनन् , जिल्लामै डिप्लोमा इन फर्मेसी पढाइ समेत सुरु भएको छ । गाउँ , गाउँमा भारी मात्रामा पाइने औषधि पसलहरु विस्थापित भएका छन् । औषधि पसलमा जथाभावी औषधि सेवन गर्दा सरकारी स्वास्थ्य सेवाबाट पाइने औषधिले काम नगर्ने समस्य अहिले मेडिकल विस्थापित सँगै हल भएको छ ।

जाजरकोटमा पहिलो पटक लागेको झाडापाखालबाट सरकारी रेकर्ड अनुसार १६६ जनाको मृत्यु भएको थियो । दोस्रो पटक २९ जनाले ज्यान गुमाएका थिए ।

आशा जगाउने सरकारी कार्यक्रम
सरकारी स्वास्थ्य संस्था पहुँचमा नहुँदा सर्वसाधारणबाट गुमेको विश्वास अहिले आर्जन भएको छ । सरकारी स्वास्थ्य संस्था भन्दा मेडिकलमा गएर उपचार गर्ने नागरिकहरु अहिले स्वास्थ्यमा भिड लाग्ने गरेको छ । स्थानीय सरकारको गतिशिल योजनाले सवैको ध्यान तान्न मदत गरेको स्थानीयवासीहरु बताउँछन् ।

स्थानीय सरकारले एम्वुलेन्स मार्फत विरामीलाइ स्वास्थ्य संस्था पुर्याउदा झन निम्न अवस्था भएका आम नागरिकलाइ सरकारी सेवा प्रति मन तानेको छ । निम्न अस्था भएका विरामी , शारीरिक अशक्तलाइ स्थानीय सरकारले कार्यपालिकाको वैठकबाट आर्थिक सहायता गर्दा सरकारको अनुभूति सिर्जना भएको हो ।

कस्ता व्यक्तिलाइ एम्वुलेन्स निशुल्क सहयोग गर्ने भनि कार्यविधि नै बनाएको छ । सवै पालिकाले आफ्नो क्षेत्र भित्र एमविविएस पढ्ने विद्यार्थीलाइ आर्थिक सहायता समेत दिने गरेका छन् । पैसा अभावकै कारण पढ्न नपाउने अस्थाको अन्त्य गर्न सो व्यवस्था गरिएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।





error: Content is protected !!