फेरिनुपर्ने भाष्य फेर्नै बाँकी छन्

श्यामल अधिकारी

एउटा चिनियाँ पूराकथा– एक लाटोकोसेरो पश्चिम दिशातिर उड्न पखेटा फट्फटाइरहेको थियो । यो देखेर नजिकैको रूखमा बसिरहेको कोइलीले उसलाई सोध्यो, ‘बडा निराश र दुःखी देखिन्छौ त मित्र, कता जान लागेको ?

कसैले पनि आफ्नो आवाज मन नपराएर अति दुःखित भएको लाटोकोसेरोले भन्यो, ‘के गर्नु, आफ्नो त खप्परै खराब । मैले गाएको कसैले मन पराउँदैनन् । अब म यहाँ बस्न चाहन्न । पश्चिम दिशातिर लाग्छु ।’ कोइलीले भन्यो, ‘तिमी जता गए पनि कुरा उही हो । तिमीलाई त्यहाँ पनि मन पराउने को होला र रु तिम्रो स्वर बदलिने होइन क्यारे ।’

प्रकृति र प्रवृत्ति फेर्न धेरै कठिन कुरा हो । लाटोकोसेरोले कोइलीको जस्तो सुमधुर कण्ठ बनाएर पूरै जङ्गललाई आल्हादित बनाउन सक्तैन । त्यसैले ऊ जुन दिशा गए पनि केही अन्तर आउनेवाला छैन । होे यस्तै, नेपालका सबैजसो राजनीतिक दलहरू आन्तरिक किचलोमा फसेका छन् । जो आन्तरिक किचलोको भुमरीमा फस्छ, त्यसले बाहिर हेर्न सक्तैन । उसको दृष्टि गुम्छ । नेपालका जीवित पार्टीहरूमध्येको जेठो र प्रजातन्त्रको पृष्ठपोषण गरिआएको नेपाली काँग्रेस वैैधानिक विवादमै रुमल्लिइरहेको छ ।

काँग्रेसभित्र आन्तरिक लोकतन्त्रको अभ्यास कमजोर रहेको तथ्य स्वयम् त्यसका नेता कार्यकर्ताहरूले बेलाबेला बाहिर ल्याउने गरेका छन् । सभापतिले लोकतान्त्रिक आचरणलाई बेवास्ता गरेको र विधि–विधानलाई लत्याएर आफूलाई अनुकूल हुनेगरी विभाग गठन गरेकोमा त्यहाँ तीव्र रोष छ तर सभापतिले त्यस्तो रोषलाई शान्त गर्ने कुनै रणनीति अपनाएको देखिन्न । जुन दलभित्र आन्तरिक लोकतन्त्र कमजोर हुन्छ, त्यसले बाहिर लोकतन्त्रलाई बलियो बनाउँछ भनेर विश्वास गर्ने आधार रहँदैन । अतः नेपाली समाजमा उसको रहे–बचेको साख पनि गिर्दो अवस्थामा छ ।

नेपाली काँग्रेसले आफ्नो आधारभूत वैचारिक प्रस्थानबिन्दुमा परिवर्तन नगरुन्जेल यस्तो किचलो भइरहनेछ । एकप्रकारले उसले भन्ने गरिआएको प्रजातान्त्रिक समाजवादलाई पुनः परिभाषित गर्नुपर्ने छ । उसका सर्वाधिक रुचाइएका सिद्धान्तकार बीपी कोइरालाले उहिल्यै आफ्नो सामन्तवादविरोधी कार्यक्रम किन असफल भयो भनेर विश्लेषण गर्नुभएको थियो । उहाँको निस्कर्ष लगभग यस्तो छ, उच्च तहका नेता कार्यकर्ता नै त्यस वर्गबाट आएकाले सामन्तवादविरोधी कार्यक्रम सफल हुन सकेन । बीपीले आफ्नो सङ्गठनमा विभिन्न समुदाय र जातिको प्रतिनिधित्व गराउने निकै ठूलो प्रयास गर्नुभयो । तथापि उहाँले भन्ने गरेको गरिब किसानको उपस्थिति त्यस दलभित्र प्रभावशाली हुन सकेन ।

दलका सिद्धान्त र नीतिलाई दलमा आबद्ध स्वार्थ समूहहरूले प्रभावित गर्छन् भन्ने कुरा आत्मसात् नगरिएकाले नै हो, त्यस दलमा जस्तोसुकै मानिसले सहज प्रवेश पायो र उत्पीडित वर्ग उसको घेराबाहिर पर्न गयो । सिद्धान्ततः कम्युनिस्टहरू समाजको मजदुर, किसानजस्ता सुविधा वञ्चित आधारभूत वर्गको प्रतिनिधित्व गर्ने विचार शृङ्खलाका उन्नायक हुन् । तिनको सङ्गठन र कार्यक्रमले तिनै वर्गलाई न्याय दिने र उत्थान गर्ने काम गरेको हुनुपर्छ । तर, तिनीहरू कार्यक्रमका आधारमा नभएर स्वार्थ समूहका आधारमा टुक्राटुक्रामा विभाजित हुँदै आएका छन् । तिनले प्रतिनिधित्व गर्ने वर्ग पनि स्वभावतः विभाजित हुने नै भए । समाजका वर्चश्वशाली वर्गका महŒवाकाङ्क्षी व्यक्तिहरूका हातमा सङ्गठनको सत्ता परेपछि कम्युनिस्ट पार्टीहरू पनि अवसरवादी व्यवहारवादी हुँदै गए । परिणामतः आधारभूत वर्गको हित प्रवद्र्धनको कार्यक्रम निष्प्रभावी भयो ।

माओ त्से तुङका अनुसार सत्ता बन्दुकको नालबाट जन्मन्छ । चीनमा त्यसरी नै जन्मेको थियो । र, यो चीनको धरातलीय यथार्थमा आधारित निष्कर्ष थियो । एकैपटक उसले घरेलु सामन्तवाद र बाह्य साम्राज्यवादसँग लड्नुपरेको थियो । त्यसैले माओको निष्कर्ष ठोस चिनियाँ अनुभवमा आधारित थियो । नेपालका कम्युनिस्टहरूले त्यसलाई मन्त्रका रूपमा लिए, जुन नेपालको यथार्थमा मेल खाँदैनथ्यो । यस्तै विचारका कारण बीपीले आफ्नो जीवनकालभर नेपाली कम्युनिस्टहरूसँग सहकार्य गर्न रुचाउनुभएन । नेपालको प्रजातान्त्रिक आन्दोलनमा वामपन्थी कम्युनिस्टहरूको योगदान रहन सक्छ भन्नेसम्म पनि उहाँले स्वीकार्नुभएन । तर, उहाँको निधनपछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले सत्यलाई आत्मसात् गर्नुभयो र नेपालको प्रजातान्त्रक आन्दोलनले गति लियो । त्यसपछिका सहकार्यका अनुपम उदाहरणहरू हामीले इतिहासमा दर्ता गरिसकेका छौँ ।
तथापि अधिकांंश काँग्रेसजनमा अझै वामपन्थीप्रति हेर्ने निषेधकारी दृष्टिकोण कायमैै छ । उनीहरूले बहुजन मतबाट निर्वाचित र कदाचित् काँग्रेसभन्दा उत्तम लोकतान्त्रिक अभ्यास गरिआएका कम्युनिस्टहरूलाई सर्वसत्तावादी नै ठानिरहेका देखिन्छन् । निकट विगतका असल अनुभवका आधारमा अब काँग्रेसको कम्युनिस्टप्रतिको दृष्टिकोण फेरिनु आवश्यक भइसकेको छ ।
अहिले नेकपामा पनि ठूलो सङ्कट देखिएको छ ।

आरामदायी बहुमत प्राप्त गरी सरकार चलाइरहेको यो दल एकता प्रक्रिया टुङ्गिन नपाउँदै पूर्वएमाले र पूर्वमाओवादी नै रहेको छ भने, ती पूर्वहरूमा पनि शिविरहरूको परिवर्तन भइरहेकै देखिन्छ । दुई अध्यक्षहरूका बीचको आरोप प्रत्यारोपले थिल्थिलो भएको नेकपाको विभाजित मनोविज्ञानले न लोकतन्त्रको प्रवद्र्धन गर्न सक्छ, न नेपाली जनतालाई सुशासन नै प्रत्याभूत गर्न सक्छ । आन्तरिक लोकतन्त्र ध्वस्तप्रायः भएको यस्तो अवस्थामा सुख र समृद्धिको कार्यक्रमसहित सरकार चलाउनु निकै कठिन कुरा हो । दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरूमध्ये व्यावहारिक रूपमै नेपाली कम्युनिस्ट पार्टीहरू अग्रगामी सिद्ध छन् । यदाकदा भड्किन पुगे तापनि उनीहरू लोकप्रिय कार्यक्रमका साथ जनतामा स्थापित भएको देखिन्छ । यस्तो बेला, सुस्थापित नभइसकेको विधि र प्रक्रियाका नाममा आन्तरिक किचलोको भुमरीमा सङ्गठन, आन्दोलन र सरकारलाई फसाउनु आत्मघाती कदम हुनेछ । राजनीतिक स्थिरता दिने नारा अगाडि सारेर सरकार गठन गरेको दलभित्रकै अस्थिरताले सुविधाभोगी निश्चित स्वार्थ समूहलाई लाभ पुग्नेछ । बीपीले आफ्नो दलमा प्रभाव जमाएका केही तŒव पहिचान गरेझैँ नेकपालाई अस्थिरताको खाडलमा जाग्न उद्यत ती को–को हुन् रु कि यो किचलो अध्यक्षद्वयका बीचमात्र हो ?

वस्तुस्थितिले हामीलाई नेकपाको वर्तमान किचलो दुई प्रमुख नेताहरूका कार्यशैलीगत भिन्नताले मात्र उत्पन्न गरेको भनी निष्कर्ष निकाल्न अनुमति दिँदैन । जो दुई नेताबीच कुदाकुद गरिरहेका छन्, ती को हुन् रु तिनले यथार्थमा कसको प्रतिनिधित्व गरिरहेका छन् रु तिनले जनताको वृहत् हित हेरिरहेका छन् वा सत्तालिप्सामा लिप्त भएर दलको एकता र स्थिरतामा भाँजो हालिरहेका छन् रु ती सामाजिक सञ्जालमा क्रियाशील भएर किन एक–अर्काको खेदो खनिरहेका छन् रु यस तŒवको पहिचान गरेपछि नेकपाको वर्तमान समस्याको निदान हुनेछ । राजनीतिक दलहरू खास वर्गविशेषको हितका निम्ति गठन भएका हुन्छन् भन्ने कुरा आधारभूत राजनीतिक व्याकरण सामान्य मानिसले पनि बुझ्छ । सबैलाई थाहा छ, नेपाली काँग्रेस पश्चिमा शैलीको उदारवादी पुँजीवादी राजनीतिक ढाँचालाई स्वीकार गर्नेहरूको दल हो । सामान्यतः यसप्रकारको सङ्गठनमा आबद्ध हुनेहरू राज्यको सम्पत्ति र सुविधाको समाजवादी शैलीकोे वितरणमा विश्वास गर्दैनन् ।

तसर्थ, त्यहाँ पुँजीवादी लोकतन्त्रमा विश्वास राख्नेहरूको प्रवेश हुनु र तिनले उसका कार्यक्रमलाई आफ्नो स्वार्थलक्षित बनाउनु नितान्त स्वाभाविक कुरा हो । तर, कुन हदसम्म त्यसबाट प्रभावित हुने र सुविधा वञ्चित वर्गका हितका लागि कुन हदसम्म जाने हो, तिनले नै तय गर्ने हुन् । वर्तमान संविधानले परिकल्पना गरेको समाजवादोन्मुख कार्यक्रमको उल्लेख गरेकाले अन्यथा नभएसम्म नेपाली काँग्रेस पनि कम्युनिस्टहरूको समाजवादी कार्यक्रमको निकटमै छ भन्नुपर्छ ।

यता वर्तमान संविधानको निर्माण गरेका, संवैधानिक बाटो अङ्गीकार गरेका र जनतामाझ स्थापित भएका ९संविधानले नचिनेका एक दुई–दुईबाहेक० नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध हुने व्यक्तिहरू उसले प्रतिनिधित्व गर्ने वर्गका आधारमा प्रवेश पाएको हुनुपर्ने थियो, जसले समाजवादी मोडलको अर्थतन्त्र र न्यायपूर्ण समाजको वकालत गरेको हुनुपर्छ । दुर्भाग्यवश यस्ता दलहरूमा पनि उच्च आर्थिक सामाजिक हैसियत भएका उपल्लो वर्गका प्रभावशाली व्यक्तिहरूले प्रवेश पाएको देखियो । तिनीहरू आधारभूत वर्गका हितका पक्षमा आएका होइनन् र निश्चय नै आफ्नो वर्गको हित र वर्चश्व कायम गर्न आएका हुन् भन्ने सामान्य ज्ञानभित्रै पर्छ । तर, निजी क्षेत्र वा अन्य कुनै पनि नाममा तिनीहरू सरकारमा, संसद्मा वा अन्य महŒवपूर्ण हैसियतमा छिरेपछि दलभित्र र बाहिर तिनको प्रभाव कायम हुने नै भयो । त्यही भइरहेको छ ।

यस तŒवलाई उसलाई आफ्नै ठाउँमा उभिरहन दिने या त तिनको हितलाई उत्पीडित वर्गको हितसँग जोडेर समाजवादी कार्यक्रममा तिनलाई लगाउने काम नेतृत्वले नै गर्ने हो । उनीहरू मार्सीको भातजस्ता विवादमा तानेर नेता र आन्दोलनलाई बदनाम गर्दै छन् । तिनले उपल्लो तहका प्रभावशाली नेताहरूका नजिक पुगेर तिनले खाइरहेको फोटो सामाजिक सञ्जालबाट बाहिर फाल्दै छन् । तिनले दलका गोप्य र महŒवपूर्ण बैठकका सूचना अनधिकृत रूपमा विखण्डनवादी तŒवका हातमा पु¥याउँदै छन् । यस्ता मानिसले त विदेशी स्वार्थलाई राष्ट्रिय गोप्य सूचनासम्म बेच्छन् । अहिले सूचनाको व्यापार विखण्डनवादी सोचबाट प्रेरित छ ।
त्यसैले पार्टी एकताको रक्षाका लागि महाधिवेशन जरुरी छ, त्यस्ता तŒवलाई निस्तेज पार्न दल कार्यालयको मूल ढोका साँघुुरो बनाउन जरुरी छ । आफ्नो कुरा दलका नेताहरूले नसुनेर निराश भएका इमानदार र तल्लो वर्गको हितका पक्षपातीलाई छिर्न मूलढोकालाई ठूलो बनाउन जरुरी छ र नेतृत्वलाई साँघुरो घेराबाट निकालेर जनताबीच लैजान जरुरी छ । ठूला नेताको शिर वरिपरि नक्कली आभा बनाइदिएर खोपीको द्यौता बनाउने घातक भाटमण्डलीलाई स्वयम् नेताहरूले चिन्ने साहस नगरेसम्म नेकपाको विवाद साम्य हुने छैन ।
जनताको वैधानिक प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूभित्रको आन्तरिक लोकतन्त्रलाई प्रवद्र्धन गर्न सकिएन भने ती निष्प्रभावी हुन्छन् र तिनले लोकतन्त्रलाई गम्भीर सङ्कटमा पु¥याउँछन् । त्यसैले दलहरूले अब परम्परागत दृष्टिकोण र सैद्धान्तिकीलाई फेर्नुपर्छ र नयाँ विश्व परिवेश र नेपालको अनुभवमा आधारित ठोस दृष्टिकोण बनाउनुपर्छ । उही भाष्यले काम गरिरहेको छैन भन्ने कुरालाई आत्मसात् गर्नुपर्छ । सर्भातेसको विश्वविख्यात उपन्यासको मुख्य पात्र डन कि होकाझैँ काल्पनिक शत्रु खडा गरेर हावामा तरबार छप्काउने काम बन्द गर्नुपर्छ । लाटोकोसेरो दुःखित भएर जुन दिशातिर गए पनि उसको स्वर किमार्थ कोइलीको जस्तो हुने छैन । ऊ कोइली नै
भएर जन्मनुपर्छ ।
लेखक राष्ट्रिय समाचार समितिका अध्यक्ष हुनुहुन्छ ।





error: Content is protected !!