सुत्केरीको मृत्यु

जाजरकोट ,  कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उहाँको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो ।
बिहान ४ बजे सुत्केरी भएकी उहाँलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उहाँको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताउनुभयो ।
पुनले यसअघि २ जना छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उहाँको मृत्यु भएको श्रीमान अमृत पुनले बताउनुभयो । उहाँका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।





error: Content is protected !!