दुर्गमको पीडा – सन्तानलाई संसार देखाउदै गर्दा आफू ज्यान गुमाउदै , चनाखाको मात्र उद्धार

हेमन्त केसी
जाजरकोट , महिना दिन नपुग्दै जाजरकोटमा तीन सुत्करी , पाँच च्याउ खाएर र पहिरोमा परि १४ जनाको पहिरोमा परी मृत्यु भयो । मान्छेको यो भयानक मृत्यु पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा नै भएको पाईन्छ । अधिकांश मृत्युहरु स्वास्थ्य संस्था भन्दा औषधि पसलमा उपचारमा लागि लिदै गर्दा भएका छन् ।
वर्षायामको हिलो र ठाउँ , ठाउँमा भत्किएका बाटोहरुमा असहजताको बीचमा ज्यान बचाउने अनेक जुक्ती निकाल्दा पनि मानिसहरु मृत्युको मुखमा परेका छन् । मानिसको जीवनमा जन्म हुँदा जती खुसीयाली छाउँछ , उत्तीकै पीडा मृत्युमा हुन्छ ।
बच्चा जन्माएर परिवारमा खुसी दिने , बुढेसकालको सहारा देखि नयाँ सदस्याले कुल चलाउने महान सपना बोकेर प्रर्सव पीडाको बीचबाट जन्मिएको खुसी जुनिचाँदे गाउँपालिका २ सिंह पुरी र बारेकोट गाउँपालिका ७ की २१ बर्षीया मनकुमारी परियारको ज्यान गयो ।
त्यस्तै आज कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको उपचार नै नपाएर ज्यान गएको छ । उनले जन्माएको छोराको स्वास्थ्य अवस्था राम्रो भएपनि आमाको ज्यान भने बाँच्न सकेन । दुई छोरीकी आमा छोराको आशमा तेस्रो पटक गर्भवती भएकी थिईन ।
त्यस्तै विशालु च्याउ खादा जुनिचाँदे गाउँपालिका स्याक्रीका पाँच जनाको ज्यान यसै साता गएको छ । उनीहरुको पनि समयमै उपचार नपाएर मृत्यु भएको छ । स्थानीय औषधि पसलमा उपचार गरेर दुई दिन पछि सुर्खेत स्थित प्रदेश अस्पतालमा हेलिकोप्टर मार्फत लिदा ज्यान गएको हो ।
अहिले अन्य दुई जनाको उपचार कार्य जारी रहेको छ । त्यस्तै कुशे गाउँपालिका –६ भार्म भीरबाट साउन ८ गते लडेर कुशे ४, ताँगाचौरका ५४ बर्षीय सार्की दमाईको मृत्यु भयो । सोही ठाउका ४५ बर्षीय नैने दमाई गम्भीर घाइते भएपछि हेलिकोप्टरकाट उद्धार गरी कोहलपुर मेडिकल कलेजमा उपचार कार्य जारी रहेको छ । बारेकोट गाउँपालिका ४ र ६ मा पहिरोमा परी १४ जनाले ज्यान गुमाए । एक अझै वेपता छन् । घाईतेको दुई दिन पछि मात्र उद्धार गरिएको थियो । मौसम खराव भएको भन्दै उद्धारमा ढिला भएको थियो ।
आज मात्र डोल्पामा रहेको मामा घर जान हिडेकी बारेकोट गाउँपालिका– ९ सक्लाकी २२ बर्षीया टिका विसीलाई नलगाड नगरपालिका ५ गेडेनीमा ढुङ्गा लाग्दा घाईते भएकीे छिन् । घाइते विसीलाई बारेकोट गाउँपालिकाको रु दुई लाख ७५ हजार रुपैयाँ सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेत स्थित प्रदेश अस्पतालमा लगिएको छ । पहुचमा स्वास्थ्य संस्था नहुँनु र जहाँ त्यही कानुन मिचेर स्थापना गरिएका औषधि पसलको उपचारले मानिसको ज्यान नबच्दा माननीय भारी क्षती भएको छ ।
घरमै सुत्केरी हुँने , आपत परे स्वास्थ्य संस्था आउदा मृत्यु धेरै
नजिक स्वास्थ्य संस्था ,सञ्चार र सडकको सहज पहुँच नभएको हाम्रो जस्तो जिल्लामा सुत्केरीको ज्यान बढी गएको देखिन्छ । गर्भजाँच देखि सुत्केरी सम्म घरमै हुँदा अकालमै ज्यान जानेको संख्य बढेको हो । विगतकै जस्तो परम्पराबादी उपचार बिधि प्रयोग गर्दा उपचारमा खेलाची भई ज्यान जाने गरेको पाईन्छ ।
यसका लागि गाउँमा रहेका धामी र वैद्यी काम गर्ने महिलाहरुलाई स्वास्थ्य सम्वन्धि तालिम दिन जरुरी रहेको छ । औषधि विक्री गर्न बसेका औषधि व्यापारीहरु डाक्टर हुँदा उपचार पद्धती नेमिल्दा धेरैको अकालमै ज्यान जाने गरेको छ ।
स्वास्थ्य संस्था भन्दा औषधि पसलको विश्वास मान्ने हाम्रो चेतनाका कारण धेरैको अकालमै ज्यान गएको छ । गाउँका स्वास्थ्य संस्थाले आफ्नो विश्वास आर्जनका लागि भारी मेहनत गर्नुपर्ने देखिन्छ ।
चनाखालाई हेलिकोप्टर , कम्जोर मृत्यु
जाजरकोटमा अहिले सम्म उद्धार भएका सवै पहुँच र चनाखो व्यक्ति रहेका घरका मात्र रहेको छन् । जसले नेता , कर्मचारी र प्रहरीको सजिलै पहुँचमा जान सक्छ , उसको मात्र ज्यान बचेको देखिन्छ । आफ्ना आवाज कसैसँग पुर्याउन नसक्ने सर्वसाधारणको अकालमै मृत्यु हुँने गरेका छन् ।



