हेलिकोप्टरबाट घाईतेको उद्धार

जाजरकोट , डोल्पामा रहेको मामा घर जान हिडेकी बारेकोट गाउँपालिका ९ सक्लाकी २२ बर्षीया टिका विसीलाई नलगाड नगरपालिका ५ गेडेनीमा ढुङ्गा लाग्दा घाईते भएकी छिन् ।
घाइते विसीलाई बारेकोट गाउँपालिकाको दुई लाख ७५ हजार रुपैयाँ सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेत लगिएको छ । घाइते विसीको अवस्था गम्भीर भएको दल्ली स्थित नगर अस्पताल जनाएको छ ।



