पर्सामा सेना, प्रहरी र पत्रकारसहित ७० जना संक्रमित

वीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालमा गरिएको पछिल्लो परीक्षणमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० बर्षदेखि ७७ वर्षसम्मका संक्रमितहरुमा १२ जना महिला र ६१ जना पुरूष रहेका अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए। यस बाहेक अरु ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये २ जना बाराका र एक जना भारतीय नागरिक हुन।

समुदायमा गरिएको ‘मास टेस्टिङ्ग’ र ‘कन्ट्याक्ट ट्रेसिङ’बाट संकलित स्वाबको पिसिआर परिक्षणमा आइतबार राति थप ७० जनामा संक्रमण पुष्टि भएको डा। उपाध्यायले बताए। नेपाली सेना, नेपाल प्रहरी, वीरगन्ज माहानगरपालिकाका वडा अध्यक्ष, अस्पताल कर्मचारी र पत्रकारसहित पर्सामा थप ७० जनामा संक्रमण पुष्टि भएको हो।

मास टेस्टिङमा पिसिआर जाँच गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जना रहेको डा उपाध्यायले जानकारी दिए।





error: Content is protected !!