स्वास्थ्यका लागि फाइदाजनक पानीपालक साग

विज्ञको सल्लाह
पानीपालक नेपालका लागि कुनै नौलो सब्जी होइन । यो साग नेपाल भित्रिएको धेरै वर्ष भइसकेको छ । फिलिपिन्समा यसको खेती अत्यधिक हुने गर्दछ । फिलिपिन्सबाटै यो बिस्तारै संसारभरि छाएको हो।

पालकलाई सागका रूपमा भुटेर या आलुमा मिसाएर फाडो तरकारी बनाएर पनि खाने गरिन्छ । नियमित रूपमा खान सकेमा पानीपालक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ।

यस्ता छन् पानीपालकका फाइदा

कोलेस्ट्रोल हुने र लिभरको समस्या हुनेलाई पानीपालक अति उपयोगी मानिन्छ ।

मुटुसम्बन्धी समस्या हुनेले खाँदा राम्रो हुन्छ ।

आँखाको समस्या भएमा पानीपालक अति उत्तम हरियो सब्जी मानिन्छ ।

हड्डीको विकासका लागि पानीपालक राम्रो तरकारी हो ।

अल्सरका बिरामीले नियमित खाएमा यो समस्या कम हुन्छ ।

दाँतको दुखाइ भएकाले र मूत्रनलीसम्बन्धी समस्या हुनेले पनि नियमित पानीपालक खाँदा राम्रो हुन्छ ।

नाकबाट रगत आउने र छालासम्बन्धी समस्या हुनेलाई पानीपालक उत्तम मानिन्छ ।

गर्भवती महिलाका लागि त यो सब्जी निकै उपयोगी हुन्छ ।

पानीपालकले भोग जगाउँछ ।

मस्तिष्कसम्बन्धी समस्या समाधान गर्नुका साथै सम्झना शक्तिमा फाइदा पु(याउँछ ।

बढ्दो उमेरको बच्चाका लागि लाभदायक हुन्छ ।

ग्लुटिन फ्री भएकाले यो साग सबैका लागि फाइदाजनक मानिन्छ ।





error: Content is protected !!