मान्छेको छालाको रंग किन भिन्न भिन्नै हुन्छ ?

सबैको छालाको रंग एउटै भए कति जाति हुन्थ्यो होला हगि ? कम्तिमा छालाको रंगकै आधारमा मानिस–मानिस बीच भेदभाव त हुने थिएन होला । यो त मीठो कल्पनाको कुरा भयो, व्यवहारमा यस्तो सम्भव हुँदैन ।


तपाईं हामीमध्येकै कतिपयको छाला सेतो, गहुँ गोरो, कालो, पहेंलो पहेंलो जस्ता विभिन्न खालका हुन्छन् । एउटै जातिका मान्छेहरुकै छाला पनि समान हुँदैनन् भने जाति पिच्छै नै छालाका रंगहरु झनै भिन्नाभिन्नै हुन्छन् । चर्को घाम लाग्ने स्थानमा बस्नेहरुको छालाको रंग बढी कालो हुन्छ भने, घाम कम लाग्ने स्थानका मानिसहरुको छालाको रंग पहेंलो पहेंलो वा सेतो हुन्छ ।

आखिर मान्छेको छालाको रंग किन यसरी भिन्नाभिन्नै भएको होला रु किन मानिसहरुको छालाको रंग एकै नभएको होला ?

मानिसको छालाको रंग कस्तो हुने भन्ने कुरा उसको शरीर र छालामा हुने रासायनिक प्रक्रियामा निर्भर गर्दछ । वास्तवमा, हाम्रा छालाका तन्तुहरुमा रंगका निश्चित आधारहरु हुन्छन्, जसलाई अजचयmयनभलक भनिन्छ । रोचक के छ भने, यो क्रोमोजेन आफैंमा चाहिँ रंगहीन हुन्छ । जब निश्चित फर्मेन्ट्स वा इन्जाइम  हरुको यी रंगका बेस एउटा खास रसायन हरुसँग प्रतिक्रिया हुन्छ, तब हाम्रो छालाको निश्चित रंग निर्धारण हुन्छ । बेस भनेको त्यस्तो रसायन हो जसले अम्ल  सँग प्रतिक्रिया गरेर लवण कबति र पानी निकाल्दछ ।

सम्बन्धित सामग्री
कोही काला, कोही गोरा किन हुन्छन् होला ?
जब कुनै कारणले मानिसको छालाको निश्चित भागमा वा पूरै छालामा त्यस्ता रंग–बेसहरु हुँदैनन् वा त्यससँग कुनै कारणले इन्जाइम वा फर्मेन्ट्सहरुको प्रतिक्रिया हुँदैन, त्यस अवस्थामा मान्छेको छालाको रंग पूरै सेतो हुन्छ । यस्तो अवस्थालाई दुबी आएको भनिन्छ । यो संसारको जुनसुकै भागको मानिसलाई पनि हुन सक्छ । उदाहरणको लागि, सामान्यतः छाला अति कालो हुने दक्षिण अफ्रिकाको मानिसलाई समेत यो हुन सक्छ । यस्तो अवस्थामा त्यस्तो मानिसको छाला गोरोभन्दा गोरो मानिसको छालाभन्दा पनि सेतो हुन्छ ।

त्यसो त रंग–बेसबिना नै पनि छालाको रंग सामान्यतः खैरो–सेतो रंगको हुन्छ । अझ छालामा हुने पहेलो पिग्मेन्ट ले यसलाई पहेलो पहेलो रंग प्रदान गर्छ । छालामा नै पहेंलोबाहेक अर्को कालो रंगको पिग्मेन्ट पनि हुन्छ, जसलाई मेलानिन भनिन्छ । यो पिग्मेन्ट आफैंमा पूर्ण कालो रंगको हुँदैन तर जब एकैठाउँमा यो पिग्मेन्ट बढी जम्मा हुन्छ, त्यस अवस्थामा छालाको रंग कालो देखिन्छ ।

माथिका तीन रंगहरु, सेतो, पहेंलो, कालो बाहेक हाम्रो छालामा रहने रक्तनलीहरुले गर्दा छालाको रंगमा रातोपन पनि थपिन्छ । मानिसको छालाको रंग मुलतः यिनै चार वटा रंगहरु– सेतो, पहेंलो, कालो र रातोको संयोजनबाट विभिन्न रंगको देखिन्छ ।

त्यसो त घामको किरणले हाम्रो छालामा मेलानिन उत्पन्न गराउँदछ । यही नै त्यो कारण हो, जसले गर्दा बढी घाम लाग्ने ठाउँमा बसोबास गर्ने मानिसहरुको छालाको रंग कालो हुन्छ । घाममा बढी काम गर्ने मानिसहरुको छाला डढ्यो भन्नु पनि यही मेलानिन बढी पैदारसक्रिय भएकै कारणले गर्दा हो ।

कोही काला, कोही गोरा किन हुन्छन् होला ?

सबै मानिसको छालाको रंग एकै प्रकारको हुँदैन । एउटै परिवारको सदस्यहरुमा पनि सबैको छाला एकै प्रकारको हुँदैन । बाबु–आमा गोरो भए पनि कहिले काहीँ उनीहरुका छोरा छोरी काला हुन सक्छन् । अझ स्थानअनुसार कसैको छाला कालो त कसैको गोरो, गहुँगोरो पनि हुने गर्छ ।


संसारभरि नै पनि मानिसका छालाका रंग फरक फरक हुने गर्छ । मूलतः अफ्रिका निवासी मानिसहरुको छालाको रंग कालो हुन्छ भने युरोप–अस्ट्रेलिया, जापान लगायत कतिपय देशका मानिसहरुका छालाको रंग चाहिँ गोरो हुन्छ । नेपाल भारतका कतिपय मानिसहरुको रंग गहुँगोरो, गोरो वा कालो सबैथरिका छ्यासमिसे पनि हुने गर्छ ।

किन हामी सबैको छालाको रंग एउटै हुँदैन त रु यो प्रश्न हाम्रो मनमा उठ्नु स्वभाविक नै हो ।

वैज्ञानिकहरुका अनुसार, हामो छालाको रंग फरक फरक हुनुको मुख्य कारण हाम्रो शरीरको छालामा भइरहने विभिन्न रासायनिक प्रक्रियाहरु नै हुन् । हाम्रो छालामा “क्रोमोजिन” नामक तत्त्व हुन्छ । यसको आफनो कुनै रंग हुँदैन । तर यो अरु रसायनहरु सँग मिल्यो भने यसले विशेष रंगको निर्माण गर्छ । यसरी नै हाम्रो छालाको रंग पनि निर्माण हुने गर्छ । यदी कुनै मानिसमा यो तत्व नै छैन भने त्यस्तो मानिसलाई “अल्बिनो” भनिन्छ । त्यस्तो मानिसको छालको रंग अति नै सेतो हुने गर्छ । यस्ता मानिसहरु संसारको कुनै पनि भागमा हुन सक्छन् । अफ्रिकामा रहेका अल्बिनोहरु यूरोपका गोरा मानिसहरु भन्दा पनि सेता हुने गर्छन् ।

हाम्रो छालाको वास्तविक रंग क्रिम जस्तो सेतो हुने गर्छ । तर क्रोमोजिनको कारणले हाम्रो छाला अलिक पहेलो देखिने गर्छ । हाम्रो छालाको रंग कालो पनि हुने गर्छ । यसको कारण भने हाम्रो छालामा रहेको मेलानिन नामक तत्त्व हो । यो मेलानिनलाई हाम्रो शरीरका ६ वटा जीनहरुले नियन्त्रण गर्ने गर्छ । मानिस कालो होस् या गोरो होस्, उसको शरीरमा अनिवार्य रुपमा त्यो मेलानिन हुन्छ ।
हाम्रो छालाको वास्तविक रंग क्रिम जस्तो सेतो हुने गर्छ । तर क्रोमोजिनको कारणले हाम्रो छाला अलिक पहेलो देखिने गर्छ । हाम्रो छालाको रंग कालो पनि हुने गर्छ । यसको कारण भने हाम्रो छालामा रहेको मेलानिन नामक तत्त्व हो । यो मेलानिनलाई हाम्रो शरीरका ६ वटा जीनहरुले नियन्त्रण गर्ने गर्छ । मानिस कालो होस् या गोरो होस्, उसको शरीरमा अनिवार्य रुपमा त्यो मेलानिन हुन्छ । मेलानिन पनि मूलतः दुई थरिका हुन्छन् । तीमध्ये पहिलो थरि फियोमेलानिन रातोदेखि पहिलो रंगको हुन्छ भने दोस्रो इयुमेलानिन चाहिँ गाढा कलेजीदेखि को हुने गर्छ । गोरा छाला हुने मानिसहरुमा फियोमेलानिन बढी सक्रिय हुने गर्छ भने कालो छाला हुनेहरुमा चाहिँ इयुमेलानिन । गोरामध्ये पनि कोही ठिक्कको र कोही चाहिँ अति गोरो हुनु वा कालामध्ये पनि कोही निख्खर कालो र कोही चाहिँ कलेजी कालो हुनुको पछाडि पनि तिनको शरीरमा मेलानिन कति संख्यामा र कत्रो आकारमा उपस्थिति कति रहेको छ भन्ने कुराले नै भूमिका खेलिरहेको हुन्छ ।

मेलानिन मूलतः छालाको बाहिरी पत्र मा रहेको हुन्छ । यो छालाको बाहिरी पत्रको मेलानोसाइट्स नाम गरेको विशेष कोषहरुमा निर्माण हुने गर्छ । यो कोष सूर्यको प्रकाशसँग विशेष प्रतिक्रिया गर्ने गर्छ । अर्थात् यसले आँखामा जस्तै फोटोप्रति संवेदनशील ग्रहण गर्ने क्षमतायुक्त भाग रहेको हुन्छ, जसले सूर्यको प्रकाश तथा अन्य स्रोतबाट आएका परावैजनी किरणहरुलाई छुट्याउन सक्छ । यसको अर्थ के हो भने सूर्यको प्रकाशले छालामा रहेको मेलानिनलाई प्रभावित गर्ने गर्छ । सूर्यको प्रकाशमा रहेको पराबैजनी किरणले उक्त तत्वको निर्माणमा पनि भूमिका निर्वाह गर्ने गर्छ ।

त्यसो त मेलानिनले हाम्रो छालामा सूर्यको परावैजनी किरणको खराब असरबाट जोगाउनको लागि जैविक रक्षा कवचको काम गरिरहेको हुन्छ । यसले सूर्यको परावैजनी किरणको दुस्प्रभावबाट हाम्रो छालालाई नष्ट हुन नदिने काम गरिरहेको हुन्छ भने साथसाथै त्यसको खराब असरबाट शरीरका कोषहरुको डिएनएमा पनि परिवर्तन आउन दिँदैन । त्यसरी डिएनएलाई समेत पराबैजनीको खराब असरबाट जोगाएर यसले विभिन्न किसिमका छालाका क्यान्सरहरु हुनबाट हामीलाई जोगाइरहेको पनि हुन्छ ।

हेक्का राख्नुपर्ने कुरा के छ भने सूर्यबाठ पराबैजनी किरण पृथ्वीसम्म आउने कुरा गर्मी महिनामा बढी हुन्छ भने जाडोमा कम । घाममा बढी बस्दा गर्मीमा हाम्रो छाला बढी कालो हुनु र जाडोमा कम हुनुको एउटा ठोस कारण यो पनि हो ।

पृथ्वीको भू–मध्य रेखामा सूर्यको प्रकाश धेरै पर्ने गर्छ । त्यही भएर त्यहाँका मानिसहरुको छालामा मेलानिन धेरै मात्रामा पाइन्छ । त्यहाँका मानिसहरु अरु ठाँउहरुका मानिसहरु भन्दा काला हुने गर्छन् । हाम्रो छालाको रंगमा आउने रातोपनाको कारण चाहिँ छालामा रहेका स–साना नसाहरुबाट बग्ने रगत हो । नसाहरुबाट बग्ने रगत कै कारणले हाम्रो छाला रातो देखिन्छ ।

छालाको रंगको कस्तो हुन्छ भन्ने कुराको निर्धारण पनि यिनै चार रंगहरु– सेतो, पहेलो, कालो र रातोले नै गर्छन् । यिनीहरु जुन अनुपातमा मिसिएका छन्, त्यही अनुसार नै हाम्रो छालाको रंग हुने गर्छ । विभिन्न जातीमा रहेका विभिन्न प्रकारका छालाको रंगहरु यिनै चार रंगहरुबाट निर्माण भएका हुन्छन् ।

कहिले काहीँ तापक्रमले पनि छालो रंगमा परिवर्तन ल्याउन सक्छ । उदाहरणका लागि जाडोमा हाम्रो छालाको रंग पहेँलो र गर्मीमा रातो हुन्छ । यही प्रक्रियाको मदतले मानिसको शरीरको तापक्रम नियन्त्रण हुन्छ ।
कहिले काहीँ तापक्रमले पनि छालो रंगमा परिवर्तन ल्याउन सक्छ । उदाहरणका लागि जाडोमा हाम्रो छालाको रंग पहेँलो र गर्मीमा रातो हुन्छ । यही प्रक्रियाको मदतले मानिसको शरीरको तापक्रम नियन्त्रण हुन्छ । जब मानिसको शरीरको तापक्रम धेरै हुन्छ, छालाको नजिक रहेका नसाहरु तन्कने गर्छन् । यसरी रगत शरीरको धेरै भागमा फैलिन्छ र तापक्रम घट्छ । उता छालाको रंग भने रातो देखिन थाल्छ । जाडोमा भने यसको ठीक उल्टो प्रक्रिया हुने गर्छ । नसाहरु फैलिनुको सट्टा खुम्चने गर्छ । यति बेला रगत केही भागमा मात्र जम्मा हुने गर्छन् र हाम्रो छालाको रंग पहेलो देखिन्छ । तर यो परिवर्तन छोटो समयको लागि मात्र हुन्छ । शरीरको तापक्रम सामान्य भएपछि हाम्रो छालाको वास्तविक रंग फेरि देखापर्छ ।

माथि हामीले उल्लेख गरिसकेका छौं कि मेलानिनले छालामा सूर्यको पराबैजनी किरणलाई रोक्ने रक्षाकवचको काम गरिरहेको हुन्छ । रमाइलो कुरा चाहिँ के छ भने मेलानिनले सबै पराबैजनी किरणलाई रोकेको हुँदैन, केहीमात्रामा छालामा प्रवेश गर्न दिइरहेको हुन्छ । त्यसरी प्रवेश गरेको सूर्यको किरणको मद्दतबाट नै हाम्रो शरीरले भिटामीन डी उत्पादन गर्न सकिरहेको हुन्छ । कदाचित मेलानिनले त्यसरी सूर्यको किरणलाई केहीमात्रामा शरीरमा छिर्न नदिने हो भने चाहिँ खतरनाक स्थिति पैदा हुनसक्थ्यो । वास्तवमा, हाम्रो शरीरमा उत्पादन हुने भिटामीन डीमध्ये ९० प्रतिशत सूर्यको किरणबाट र बाँकी १० प्रतिशत चाहिँ हामीले खाने खानेकुराहरुबाट शरीरले प्राप्त गरिरहेको हुन्छ ।





error: Content is protected !!